Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सुस्ता पुल त्यसक्षेत्रका नागरिकको जोखिमपूर्ण यात्राको समाधान दिएको छ -राष्ट्रपति

सुस्ता पुल त्यसक्षेत्रका नागरिकको जोखिमपूर्ण यात्राको समाधान दिएको छ -राष्ट्रपति

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८१
images
सुस्ता पुल त्यसक्षेत्रका नागरिकको जोखिमपूर्ण यात्राको समाधान दिएको छ -राष्ट्रपति

 

नवलपरासी, असोज – १० ः राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि  डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताउनुभएको छ । 

उँहाले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घघाटन समारोहमा बिहीबार बोल्दै यो पुल निर्माणले उक्त समस्याको समाधान गरेकोमा खुसी पनि ब्यक्त गर्नुभयो । डबल स्प्यानको सो  झाेलुङगे पुल  १५७१ मिटर लामो छ।

राष्ट्रपति पौडेलले यस झोलुङ्गेपुलको निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने बस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै  सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँंले पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भई अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएको पनि बताउनुभयो ।  

राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको पवित्र तपोभूमिको रुपमा रहेको त्रिवेणी धाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना बोकेको बताउँंदै पुलको निर्माणले नेपालकै लामो झोलुङ्गे पुल भएको जिल्लाको रुपमा यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको उल्लेख गर्नुभयो । 

उहाँंले नारायणी नदी पारीको भूभागमा पुल निर्माण भैसकेपश्चात सोही झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाईन समेत निर्माण गर्न सम्भव भएको र सुस्ताबासीलाई उज्यालो प्रदान गर्ने कार्य समेत सम्पन्न गरेकोमा निर्माणमा सहभागि सबैलाई धन्यवाद पनि दिनुभयो 

राष्ट्रपति पौडेलले सुस्ता बचाउन भएको आन्दोलनमार्फत देशको भूमिको रक्षा गरेकोमा सुस्तावासीलाई राष्ट्रको तर्फबाट धन्यवाद दिदैं अब सुस्तावासीले नागरिकता नपाएको भए नागरिकता पनि पाउने र लालपूर्जा पनि पाउने विश्वास व्यक्त गर्नुभयो !

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - २३:०८:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend