Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक

वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक

नेप्लिज डायस्पोरा

११, आश्विन २०८१
images
वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक

 

पाल्पा, नेपाली लोक संगीतका नक्षत्र तथा वरिष्ठ लोकगाय द्वय नारायण रायमाझी र दुर्गा रायमाझीलाई मातृ शोक परेको छ । पाल्पा माथागढी गाउँपालिका झडेवा निवासी उनीहरूकी ममतामयी माता कृष्णकुमारी रायमाझीको विहीबार राती काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो ।

 

रायमाझीको शुक्रबार बिहान पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्त्यष्टि गरिएको रायमाझी कूलदेवता तानसेन नगर समितिका सचिव खिमबहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार रायमाझीको काजक्रिया पशुपतिमै गरिएको छ । स्वर्गीय रायमाझीका श्रीमान सूर्यबहादुर रायमाझी, तीन छोरा र २ छोरी रहेका छन् ।

 

तीमध्ये नारायण र दुर्गा लोक संगीत क्षेत्रमा आवद्ध छन् भने अर्का जीवन रायमाझी शिक्षण पेशाबाट निवृत्त भएका छन् । स्व. रायमाझीका जेठा छोरा लक्ष्मण रायमाझीको भने दुई दशक अगाडि नै निधन भइसकेको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - १७:१५:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend