Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

भारतीय अभिनेता गोविन्दा गोली लागेपछि अस्पताल भर्ना

भारतीय अभिनेता गोविन्दा गोली लागेपछि अस्पताल भर्ना

नेप्लिज डायस्पोरा

१५, आश्विन २०८१
images
भारतीय अभिनेता गोविन्दा गोली लागेपछि अस्पताल भर्ना

भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ। आफ्नै रिभल्भरले खुट्टामा आकस्मिक गोली लागेपछि उनी मंगलबार मुम्बईको एक अस्पतालमा भर्ना भएका छन्।

 

 

यो घटना उनको जुहू निवासमा भएको हो। बिहान करिब ५ बजेको समयमा कोलकाता जाने तयारी गर्नुअघि आफ्नो लाइसेन्स प्राप्त रिभल्भर जाँच गर्दै थिए।

 

सोही क्रममा अकस्मात उनको हातबाट रिभल्भर खसेर गोली चल्दा उनको खुट्टामा लागेको उनको पारिवारिक स्रोतलाई उदृधत गर्दै भारतीय सञ्चारमाध्‍यमले जनाएका छन्।

 

यतिबेला डाक्टरले उनको खुट्टाबाट गोली निकालेको छ। गोविन्दा खतरामुक्त छन्। आइसियुमा राखी उनको उपचार भइरहेको छ।

 

images
प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - १६:०२:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend