Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

आजदेखि २०२६ को लागि डिभी खुल्ने

आजदेखि २०२६ को लागि डिभी खुल्ने

नेप्लिज डायस्पोरा

१६, आश्विन २०८१
images
आजदेखि २०२६ को लागि डिभी खुल्ने

१६ असोज, काठमाडौं । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ ।

अमेरिकी दूतावासका अनुसार बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् ।

डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।

एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ ।

images
प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - १९:२७:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend