Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दशैं (लघुकथा) -नारायण कोइराला

दशैं (लघुकथा) -नारायण कोइराला

नेप्लिज डायस्पोरा

१९, आश्विन २०८१
images
दशैं (लघुकथा) -नारायण कोइराला

 

मैलेँ दशैंलाई सोधेँ,"तिमी खुसी छौ।" दशैं मुसुक्क हाँस्यो। दशैंको हाँसो देखेर खुसी भएको अड्कल काँटे।

दशैं नजिक आयो। मैलेँ झन नजिकबाट हेरेँ। दशैं धुमधामसँग रङ्गियो। दशैं रंग्याउन खाडी, मलेशिया, युरोप, अमेरिकबाट परदेशी आए। आएकाहरु दशैं परिवारसँग रमाउँदै थिए।

अर्कोतर्फ, बाढी पीडितहरु सडकमा दशैं मनाउँदै थिए।

परदेशमा रहेकाहरु कामसँग।

मैलेँ पुनः दशैंलाई सोधेँ,"दशैं खुसी छौ नी?" दशैंमा मौनता थियो। म सरकार बनेर हेरिरहेँ,"न केही गर्न गर्नसकेँ, न केही बोल्न।"

तानसेन पाल्पा

हाल, कुवेत

images
प्रकाशित मिति :आश्विन १९, २०८१ शनिवार - ०२:२१:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend