Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राष्ट्रपति पौडेल सुर्खेतमा

राष्ट्रपति पौडेल सुर्खेतमा

नेप्लिज डायस्पोरा

३०, आश्विन २०८१
images
राष्ट्रपति पौडेल सुर्खेतमा

 

सुर्खेत– बडीमालिका जाने  क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुग्नुभएकाे छ ।

बुधबार अपरान्ह यहाँ आइपुग्नुभएका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति समेत रहनुभएका पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गर्नुभएकाे थियो  ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसंगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकहरुसंग भेटघाट गर्नुभएको थियो ।

उहां बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे समेत हुनुहुन्छ  ।

राष्ट्रपति भोलि नै काठमाडौं फर्किनुहुनेछ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - २१:०२:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend