Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ युट्युबमा सार्बजनिक

भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ युट्युबमा सार्बजनिक

नेप्लिज डायस्पोरा

२९, कार्तिक २०८१
images
भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ युट्युबमा सार्बजनिक

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनकथामा आधारित फिल्म ‘आचार्य’ युट्युबमा सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक भएको फिल्मले राम्रै भ्युज पाइरहेको छ ।

 

फिल्ममा आचार्यका जेठा छोरा तथा प्रसिद्ध गायक सत्यराज आचार्य शीर्ष भूमिकामा छन् । उनले भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् ।

 

सिक्किमेली निर्देशक प्रशान्त रसाइली निर्देशित फिल्म आचार्य दिवंगत भएको केही महिनामा देशव्यापी पुनः प्रदर्शनमा आएको थियो ।

 

१३ वर्षअघि पहिलोपटक फिल्मलाई हलमा रिलिज गरिएको थियो । गत असार ७ गते पुनः प्रदर्शनको उद्देश्य आचार्यप्रति श्रद्धासुमन व्यक्त गर्नु थियो । पुनः सम्पादन गरिएको हलमा ल्याइएको फिल्मलाई नै दर्शकले युट्युबमा हेर्न पाउनेछन् ।

 

images
प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - २२:४३:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend