मेहन्दी नभए के भयो र रङ्ग्याउ हात म तिउरी दिन्छु
गीत मान या गजल ठान, शब्दको फूल सिउरी दिन्छु ।।
सक्दिन म छुट्टाउन , प्रेमिका हौ कि ममतामयी
प्रेमको तेल घसिराख्नु, म मनतातो दिउरी दिन्छु।।
धर्म धारण गरिरह्यौ तिमी, हरदम प्रेममा समर्पित भई
तिमीले उठाको पुरुष हुँ,अब तिमी उठ म निहुरी दिन्छु ।।
प्रकृतिको अध्यारो चिर्न, तिमीले हरपल दियो बालेउ
झिलि मिली पाराैँ जगत यो ,हुरीहिन झलस्याउरी दिन्छु।।
कसरी गाउँ म तिम्रो महिमा, शेषनागले त सकेनन् खै
सोँचको लेउ सफा गराैँ प्रिय, म तिमीलाई जिउरी दिन्छु।।
-गोपीराम भण्डारी।
सिन्धुपाल्चोक