Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल

गजल

नेप्लिज डायस्पोरा

९, मंसिर २०८१
images
गजल

मेहन्दी नभए के भयो र रङ्ग्याउ हात म तिउरी दिन्छु
गीत मान या गजल ठान, शब्दको फूल सिउरी दिन्छु ।।

सक्दिन म छुट्टाउन , प्रेमिका हौ कि ममतामयी
प्रेमको तेल घसिराख्नु, म मनतातो दिउरी दिन्छु।।

 

धर्म धारण गरिरह्यौ तिमी, हरदम प्रेममा समर्पित भई
तिमीले उठाको पुरुष हुँ,अब तिमी उठ म निहुरी दिन्छु ।।

प्रकृतिको अध्यारो चिर्न, तिमीले हरपल दियो बालेउ
झिलि मिली पाराैँ जगत यो ,हुरीहिन झलस्याउरी दिन्छु।।

कसरी गाउँ म तिम्रो महिमा, शेषनागले त सकेनन् खै
सोँचको लेउ सफा गराैँ प्रिय, म तिमीलाई जिउरी दिन्छु।।

-गोपीराम भण्डारी।
सिन्धुपाल्चोक

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - २३:२३:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend