भर्जिनियामा सवारी दुर्घटनामा मृत्यु भएका तीन यूवाको परिवारलाई सहयोग गर्ने उद्देश्यले गो फण्डमी शुरु गरिएको छ।
दुर्घटनामा परेर विबेक सुवेदी र सुरेश केसीको निधन भएको छ भने मेहुल श्रेष्ठ सख्त घाईते छन् ।
मृत्यु भएका विवेक सुवेदी आमा बाबुका एक मात्र सन्तान हुन् । उनकी दिदीको केही बर्ष पहिला एक दुर्घटनामा (नदीमा डुबेर) परेर मृत्यु भएको थियो । विवेकका बाबु आमा अति नै अप्ठेरो जीवन बांचिरहेका छन् । प्राप्त जानकारी अनुसार सुवेदी दम्पतीले छोरा पढाउन बर्दियाको नजिकैको एक बजारमा पानको व्यापार गर्दछन ।
यता सुरेश पनि रुकुमको आठबिसे गाउंको एक सामान्य परिवारका यूवा हुन् । सुरेश नै परिवारका एक मात्र कमाउने व्यक्ति थिए ।
उनीहरुका लागि खोलिएको गो फण्ड मी मा १० हजार डलर उठेको छ । १ लाख ५० हजार डलरको लक्ष्य छ ।
गो फण्ड लिंक यहां छ ।
https://www.gofundme.com/f/support-the-families-of-bibek-suresh-and-mehul?utm_campaign=fp_