Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

परराष्ट्रमन्त्री राणाको चिनियाँ विदेशमन्त्रीसंग भेट

परराष्ट्रमन्त्री राणाको चिनियाँ विदेशमन्त्रीसंग भेट

नेप्लिज डायस्पोरा

१४, मंसिर २०८१
images
परराष्ट्रमन्त्री राणाको चिनियाँ विदेशमन्त्रीसंग भेट

 

काठमाडौँ —चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणमा गएकी परराष्ट्रमन्त्री राणाले वाङलाई नेपाल भ्रमणको पनि निम्तो दिएकी छन् ।

सो वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार चीनको छेन्दु सहरमा द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरुबीच नेपाल-चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणामा गएकी परराष्ट्रमन्त्री राणाले वाङलाई नेपाल भ्रमणको पनि निम्तो दिएकी छन् । वार्ताका क्रममा चीनको ७५ औं स्थापना दिवस र आगामी वर्ष नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री राणाले बधाई दिइन् ।

मन्त्री राणाले पछिल्लो समय नेपाल-चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको उल्लेख गरिन् । उनले चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिइन् ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - २१:४३:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend