Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

नेप्लिज डायस्पोरा

१५, मंसिर २०८१
images
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको सो भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री डा आरज़ु देउवा राणा  पनि सो भेटवार्तामा  सहभागि हुनुहुन्थ्यो । सो अवसरमा परराष्ट्र मन्त्री देउवाले आफुले गरेको चीन  भ्रमणबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । मंसीर १७ गतेदेखि २० गतेसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - २०:०५:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend