Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कीर्तिपुरमा कांग्रेसले मत बढायो

कीर्तिपुरमा कांग्रेसले मत बढायो

नेप्लिज डायस्पोरा

१७, मंसिर २०८१
images
कीर्तिपुरमा कांग्रेसले मत बढायो

कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाउँदै लगेका छन्।

 

सोमबार वडा नम्बर १ देखि ८ वडा सम्मको मतगणना गर्दा कांग्रेसका डंगोलले ४ हजार ४५३ मत ल्याएका छन् ।  निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले ३४२०  मत पाएका छन्। उनीहरूबीच १ हजार ३३ को मतान्तर छ।

 

तेस्रो स्थानमा माओवादीका उम्मेदवार शिवशरण महर्जनले २९५० मत पाएका छन्।

चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १५९४ मत पाएका छन् भने अर्का स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले १०४२, कविकुमार महर्जनले ९५५ मत ल्याएका छन्। 

images
प्रकाशित मिति :मंसिर १७, २०८१ सोमवार - १९:४४:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend