Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

परराष्ट्रमन्त्री राणा शनिबार युरोप भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री राणा शनिबार युरोप भ्रमणमा जाँदै

नेप्लिज डायस्पोरा

२१, मंसिर २०८१
images
परराष्ट्रमन्त्री राणा शनिबार युरोप भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले युरोपेली राष्ट्र नेदरल्याण्ड्स र जर्मनीको भ्रमण गर्ने भएकी छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

 

मन्त्रालयका अनुसार उनी शनिबार त्यसतर्फ प्रस्थान गर्नेछिन् ।परराष्ट्रमन्त्री राणाले पहिला नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्ने कार्यक्रम छ ।

नेदरल्याण्ड्समा उनी इन्टरनेसनल कोर्ट अफ जस्टीस (आईसीजे) मा उपस्थित भई जलवायु परिवर्तनका सम्बन्धमा नेपालको अडान राख्नेछिन् ।

 

सोमबार उनी आईसीजेमा उपस्थित भई नेपालको अडान राख्ने छिन् ।

 

जलवायु परिवर्तनको सम्बन्धमा नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा डिसेम्बर २ देखि १२ सम्म सार्वजनिक सुनुवाइ चलिरहेको छ । परराष्ट्रमन्त्री राणा यसैमा सहभागी हुन नेदरल्याण्ड्स जान लागेकी हुन् ।

 

आईसीजेमा हुने सुनुवाइमा सहभागी भएपछि परराष्ट्रमन्त्री राणा जर्मनी जाने कार्यक्रम छ । समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् ।

 

कार्यक्रम डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा हुनेछ ।जर्मनीका विदेशमन्त्रीको निमन्त्रणामा उनी उक्त कार्यक्रममा सहभागी हुन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

परराष्ट्रमन्त्री राणाको पुस ५ गते स्वदेश फर्किने कार्यतालिका छ । परराष्ट्रमन्त्री हिजो मात्र चीन भ्रमणबाट फर्किएकी थिइन् ।

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - २०:५१:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend