Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रधानमन्त्री केपी शर्मा अस्वस्थ

प्रधानमन्त्री केपी शर्मा अस्वस्थ

images
प्रधानमन्त्री केपी शर्मा अस्वस्थ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अस्वस्थ बनेका छन्।

बिहीबार प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा  इन्डोस्कोपी गरिएको छ। 

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको बताइन्। ‘समस्या भएर होइन नियमित परीक्षण हो।’ उनले भनिन्। ‘इन्डोस्कोपी परीक्षणमा कुनै समस्या देखिएन।’

इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसे।

 

बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको थियो। यस्तै नास्टको पूर्वनिर्धारित कार्यक्रममा समेत उनी सहभागी भएनन्।

 

प्रधानमन्त्री ओलीको आज पनि कुनै सार्वजनिक कार्यक्रम नराखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  यद्यपि ओलीले नियमित भेटघाट भने गरिरहेका छन्।

images
प्रकाशित मिति :पौष ५, २०८१ शुक्रवार - ०९:३९:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend