Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

भारतीय लगानीकर्तालाई नेपालमा लगानी थप्न परराष्ट्र मन्त्री राणाको आग्रह

भारतीय लगानीकर्तालाई नेपालमा लगानी थप्न परराष्ट्र मन्त्री राणाको आग्रह

images
भारतीय लगानीकर्तालाई नेपालमा लगानी थप्न परराष्ट्र मन्त्री राणाको आग्रह

फाइल फोटो

नयाँदिल्ली । परराष्ट्र मन्त्री आरजु राणाले नेपालमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन्। नेपालमा रहेको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मध्ये सबैभन्दा धेरै भारतकै रहेको स्मरण गर्दै थप लगानी विस्तारका लागि उनले आग्रह गरेकी हुन् ।

 

शुक्रबार काठमाडौं विश्वविद्यालय र भारतीय नीति आयोगद्वारा संयुक्त रुपमा नयाँ दिल्लीमा आयोजित नेपाल भारत आर्थिक सम्मेलन’ मा परराष्ट्रमन्त्री राणाले अहिले नेपालमा राजनीतिक स्थिरता हुनुका साथै लगानीमैत्री वातावरणमा सुधार आएकाले लगानी विस्तार गर्न लगानीकर्तालाई आग्रह गरेकी हुन् ।

 

‘नेपालले विदेशी लगानीका लागि आफ्नो नीति उदार बनाएको उल्लेख गर्दै मन्त्री देउवाले भारतका उद्यमीहरूलाई ऊर्जा उत्पादन, पूर्वाधार विकास, कृषि, पर्यटन, र सूचना प्रविधिमा लगानी गर्न आहृवान गर्छु,’ उनले भनिन, ‘नेपालमा लगानी सुरक्षित हुने र यसले उच्च प्रतिफल दिने आश्वासन दिन चाहन्छु ।’

images
प्रकाशित मिति :पौष ६, २०८१ शनिवार - ०१:३८:३१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend