Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रबि र छबि विरुद्ध प्रहरीले काश्की अदालतमा मुद्धा दर्ता हुँदै

रबि र छबि विरुद्ध प्रहरीले काश्की अदालतमा मुद्धा दर्ता हुँदै

images
रबि र छबि विरुद्ध प्रहरीले काश्की अदालतमा मुद्धा दर्ता हुँदै

काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्व गृहमन्त्री रबि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरुद्ध आज मुद्धा दर्ता गरिँदैछ ।

 

 

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने र जोशी सहित १९ जनाविरुद्ध आज मुद्दा दर्ता गर्न लागिएको हो।

 

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने माथी अनुसन्धान गरि जिल्ला प्रहरी कार्यालय कास्कीले गत पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

 

गोर्खा मिडिया प्रालिका तत्कालिन प्रबन्ध निर्देशक लामिछाने, पूर्व सञ्चालक जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको रायसहित सो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

 

सहकारी ठगीमा लामिछानेमाथीको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो। चार दिनको म्याद गत शुक्रबार सकिए पनी शनिबार सार्वजनिक बिदा भएकाले आज मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो ।

 

कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ०७:२२:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend