पाल्पा, २०८१ मंसिर २९ गते ।
अभिनव साहित्य समाजले २७४ औं श्रृङ्खला अन्तर्गत बद्रीनाथ अभिनव छन्दकवि पुरस्कार तथा सम्मान अर्पण साथै कविगोष्ठी सम्पन्न गरेको छ । उपाध्यक्ष विमल अर्यालको सभापतित्व, बमबहादुर थापा 'जिताली'को प्रमुख आतिथ्य, विजय चालिसे, गा.न.पा. वडा नं.को अध्यक्ष नवराज लामा, शीतल गिरी, डिल्लीराज अर्याल, गंगा कर्माचार्य, रघुनाथ आचार्य, भाग्यशाली अधिकारी, बाजुराम पौड्याल, गंगाप्रसाद भेटवाल र पुरस्कृत व्यक्तित्व शान्ति सापकोटा लगायतको विशेष आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि तथा विशेष अतिथि र संस्थाका पदाधिकारीहरूले संयुक्त रुपमा कवि बद्रीनाथ आचार्यको तस्विरमा माला तथा पुष्पार्पण गर्दै बालसाहित्यकार तथा छन्दकवि श्री शान्ति सापकोटालाई नगद सात हजार सहित, सम्मान-पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरियो ।
प्रमुख अतिथि तथा अन्य विशेष अतिथिहरूले छन्दकवि बद्रीनाथ र पुरस्कृत व्यक्तित्वको विषयमा मन्तव्य राख्नुभएको थियो ।
शारदा पराजुलीको उद्घोषण, परशुराम पराजुलीको समीक्षा र मेनका आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले धन्यवाद अर्पण र बद्रीनाथ र पुरस्कृत व्यक्तित्वको विषयमा मन्तव्य दिनुभएको थियो ।
उत्कृष्ट रचना वाचन गर्ने पुनम घिमिरे, विजया बस्नेत र दिवाकर न्यौपानेलाई प्रोत्साहनार्थ पुरस्कार प्रदान गरियो ।
रचना वाचनसमेत गरी सहभागिता जनाउनेहरूमा उध्दव रायमाझी, वसन्त रिजाल, गोपाल बराल, बाजुराम पौडेल, वासुदेव पौडेल, भावना न्यौपाने, सुशिल आचार्य, सरिता दुलाल घिमिरे, ठाकुरप्रसाद खतिवडा, सुमन पुडासैनी मित्र, नवराज पुडासैनी, ज्योत्स्ना, बि.पी. इलामे, वीरबहादुर लोहनी, ओमप्रसाद कोइराला, बद्री सुवेदी, कृपा पराजुली, मांगजुम थिंग, राजेशमान के.सी., गायत्रीकुमार आचार्य, सञ्जय सोती, सुरेशचन्द्र घिमिरे, पराशर रिजाल, लगायत ६१ जनाको भव्य उपस्थिति रहेको थियो ।