Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

लामिछानेले आफैले ऋण लिएको प्रमाण स्वर्णलक्ष्मीको सफ्टवेयरमा भेटियो’

लामिछानेले आफैले ऋण लिएको प्रमाण स्वर्णलक्ष्मीको सफ्टवेयरमा भेटियो’

images
लामिछानेले आफैले ऋण लिएको प्रमाण स्वर्णलक्ष्मीको सफ्टवेयरमा भेटियो’

काठमाडौँ —काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगीमा सोमबारको थुनछेक बहसपछि गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई हिरासतमै राख्न आदेश दिएको छ ।

 

 

जाहेरवालाका तर्फबाट सुरु भएको थुनछेकको बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई हिरासतमै राख्ने आइतबारको आदेशलाई निरन्तरता दिएका हुन् । 

 

सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस थालेका थिए । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन लामिछानेले गरेको बलियो प्रमाण रहेकाले उनलाई पुर्पक्षका लागि थुनामै पठाउनुपर्ने उनको जिकिर थियो ।

 

लामिछानेले स्वर्णलक्ष्मीमा खाता खोलेरै ऋण लिएको र त्यसको प्रमाण सर्भरमा रहेको सफ्टवेयरमा समेत भेटिएकाले उनी दोषी देखिएको कटुवालको तर्क थियो ।

 

लामिछानेले भने आफू सुरुको दिन अदालतमै हाजिर हुन आएकाले हिरासत मुक्त हुन पाउनुपर्ने माग गरेका थिए । जवाफमा न्यायाधीश अधिकारीले आइतबारकै आदेशले निरन्तरता पाउने भन्दै मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाले अर्को सुनुवाइ बुधबार हुने निर्णय सुनाए ।

 

सोमबार लामिछानेविरुद्ध ९ सरकारी वकिल र जाहेरवाला पक्षका दुई वकिलले बहस गरेका थिए । पीडितकै तर्फबाट बहस नसकिएकाले लामिछाने पक्षका वकिलको पालो आउन सकेन । 

images
प्रकाशित मिति :माघ १, २०८१ मंगलवार - १६:३०:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend