Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

ज्वाला संग्रौलाको दाबी- रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्

ज्वाला संग्रौलाको दाबी- रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्

नेप्लिज डायस्पोरा

१६, माघ २०८१
images
ज्वाला संग्रौलाको दाबी- रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी भनेर नागरिक डटकममा समाचार छ ।

 

आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा मङ्गलबार (आज) उनले लेखेका छन्, 'ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गार्हो होला महोदय।'

 

उनले अगाडि लेखेकी छन्, 'मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको गन्धाधन्दा गरेको छैन। सकेसम्म राम्रो गरौँ, नसके नराम्रो पनि नगरौँ भन्ने सोच हो। आज पनि म पार्टीभित्र यसकारण छु कि त्यहाँ रबि दाइ हुनुहुन्छ अनि अरु केही राम्रा साथीहरू। मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि मैले सच्याएर ३ वटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन्।'

 

IMG_3949.jpeg

अघिल्लो स्टाटस (बायाँ) र पछिल्लो स्टाटस (दायाँ)

 

यसअघि गत आइतबार उनले एक स्टासमा 'रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिँदैछ रे त साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी' लेखेकी थिइन्।

पछि त्यसलाई सच्याएर 'एउटा बलात्कारी आज निकै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी' बनाएकी थिइन्।

 

यसपछि उनको आलोचना भइरहेको छ।

 

यसपछि उनले आज पुन: अर्को स्टाटस लेखेकी हुन्। जहाँ उनले आफूलाई रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी छन्।

images
प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - ०४:०३:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend