Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मगर भाषा तथा अक्खा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न

मगर भाषा तथा अक्खा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

१८, माघ २०८१
images
मगर भाषा तथा अक्खा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न

 

पाल्पा, माघ १२,०८१ । 

स्याङ्जा जिल्लाको मगर भाषाको इतिहासमै सम्भवत पहिलो पटक आयोजना गरिएको १५ दिने मगर भाषा तथा अक्खा लिपि प्रशिक्षण कार्यक्रम- २०८१ भव्यतापूर्वक सम्पन्न भएको छ । 

 

भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यबाट अभिप्रेरित भएर स्थापना गरिएको गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिका, स्याङ्जाको आयोजना एवम गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखराको व्यवस्थापकीय संयोजन तथा नेपाल मगर संघ गल्याङ नगर समिति सहभागी उत्प्रेरकको रूपमा रहेर आयोजना गरिएको कार्यक्रमको समापन आज शनिबार गल्याङ- ३, लामभित्तास्थित मगर भवनको सभाहलमा गल्याङ प्रज्ञा प्रतिष्ठानको चौथो कार्यक्रमको रूपमा सम्पन्न गरिएको थियो । 

 

गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न गरिएको उक्त समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का 'बिखर्ची' तथा समापन समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराई रहनुभएको थियो।

विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, भाषा विभाग प्रमुख कृष्णप्रसाद पौडेल, गल्याङ नगरपालिका, वडा नम्बर- ३ का अध्यक्ष एवम नगर प्रवक्ता कृष्णप्रसाद भट्टराई रहनु भएको थियो।

आमन्त्रित व्यक्तित्वका रूपमा वडा नम्बर- ११ का अध्यक्ष दलबहादुर सिंजाली, वडा नम्बर- ८ का अध्यक्ष झिमबहादुर थापा, वडा नम्बर- ३ का वडा सदस्य नारायणबहादुर थापा, नेपाल मगर संघका केन्द्रिय सचिव लोकेन्द्र तरामु मगर, नेपाल मगर संघ गल्याङका अध्यक्ष कुमार राना, भूतपूर्व सैनिक संघ गल्याङका अध्यक्ष सुवेदार चन्द्रबहादुर रखाली मगर, उपाध्यक्ष ओमबहादुर थापा मगर, नेपाल मगर संघ गल्याङका सचिव रेशम राना, सल्लाहकार चन्द्र राना, द्रवेन्द्रदेव खनाल, ज्ञानेन्द्र पाठक, नेपाल मगर महिला संघ गल्याङका अध्यक्ष भेमला बराल, नेपाल मगर संघ स्याङ्जाका पूर्व सचिव तीर्थकुमार थापा, नेपाल मगर संघ गल्याङ ३ नम्बर वडा कार्य समितिका अध्यक्ष जैसिङ राना, नेपाल मगर महिला संघ स्याङ्जाका सदस्य बिन्दु थापा मगर, नेपाल मगर शिक्षक संघ स्याङ्जाका सचिव छवि राना मगर, भूतपूर्व सैनिक बोर्डिङ स्कूल, गल्याङका अध्यक्ष सुवेदार यौबहादुर राना मगर, मगर बौद्ध सेवा संघ, गल्याङ, स्याङ्जाका अध्यक्ष क्याप्टेन तिलाराज थापा, पकवादी कृषि सहकारी संस्थाका प्रबन्धक ज्ञामा थापा, युवा पत्रकार हिमाल न्यौपाने, क्रान्ति अर्याल र के.पी. खनाल आदि रहनुभएको थियोे । 

 

पौष २२ गतेदेखि औपचारिक रूपमा प्रशिक्षण शुरु भएको मगर भाषा तथा अक्खा लिपि प्रशिक्षकको रूपमा गल्याङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य गुमबहादुर रानाद्वारा सहजीकरण गरिएको थियो । समुदघाटन अनि समापन समारोहको सहजीकरण गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक सचिव युवाकवि मिलन समीरद्वारा गरिएको थियो । फेर्च नम्खान मगर महिला समूह, गल्याङ- ११, भाटीको तर्फबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।

दिव्या थापा, तिली पल्ली र आनन्द कुवर मगरद्वारा नृत्य प्रस्तुत गरिएको समारोहमा स्वागत मन्तव्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य प्रेमबन्धु सुवेदीद्वारा प्रस्तुत गरिएको थियोे । प्रशिक्षार्थीहरुको तर्फबाट आनन्द कुवर मगर र पार्वती थापा मगरद्वारा अनुभव मन्तव्य प्रस्तुत गरिएको थियो। भने धन्यवाद मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व सूर्यप्रसाद डुम्रेद्वारा गरिएको थियोे । 

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वद्वय गुरुप्रसाद भट्टराई, सूर्य खड्का 'बिखर्ची', विशिष्ट आमन्त्रित व्यक्तित्वत्रय मनकुमार श्रेष्ठ, कृष्णप्रसाद पौडेल र कृष्णप्रसाद भट्टराई, लोकेन्द्र तरामु मगर, चन्द्र राना, भेमला बराल, तीर्थकुमार थापा, गुमबहादुर राना, जैसिङ राना आदिद्वारा मगर भाषा तथा अक्खा लिपि प्रशिक्षणसँग सम्बन्धित रहेर महत्त्वपूर्ण विचार प्रस्तुत गरिएको थियो ।

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - ००:२२:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend