न त तिमी फूल हौ न हौ पानी मुल
पंछी जस्तै सिमा विना रनवन डुल
चुम्न आउलान् फूल भनेर लोभी भमरा
आउने जाने भइ रहन्छ नलाउ नजर
आत्मविश्वास बढाउनु दिल गॅास्नु अघि
कॅाचो माटो जोड्न खोज्दा पाइंदैन पछि
पिउन आउलान् मुल भनेर प्यसी वटुवा
आउने जाने भइ रहन्छ नलाउ नजर
जीवन भन्दा भिन्न हुन्छन् सपनाका लहर
सफलताको आकास छुने हुन्छ सबलाई रहर
लोभी ॲाखा पर्खि बस्लान बाटो कुरेर
आउने जाने भइ रहन्छ नलाउ नजर