Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनका बिषयमा प्रचण्डले संसदमा व्यक्त अभिव्यक्ति स्वागतयोग्य - कुल आचार्य

एनआरएनका बिषयमा प्रचण्डले संसदमा व्यक्त अभिव्यक्ति स्वागतयोग्य - कुल आचार्य

नेप्लिज डायस्पोरा

२५, माघ २०८१
images
एनआरएनका बिषयमा प्रचण्डले संसदमा व्यक्त अभिव्यक्ति स्वागतयोग्य - कुल आचार्य

एनआरएनका बिषयमा पूर्ब प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले संसदमा बोलेको कुरा स्वागतयोग्य रहेको एनआरएनएका निबर्तमान अध्यक्ष कुल आचार्यले बताएका छन् ।

प्रचण्डले हिजो संसदमा गैर आवाशिय नेपालीलाई आफ्नो पालामा प्रदान गरिएको गैर आवाशिय नागरिकताको बर्तमान सरकारले अबमूल्यन गरेको बताएका थिए ।

गैर आवाशिय नेपालीहरुलाई आफ्नो पालामा संबिधान प्रदत्त अधिकारस्वरुप नागरिकता बितरण गरेको स्मरण गर्दै पूर्ब प्रधानमन्त्री प्रचण्डले अहिले त्यो नागरिकता कागजको खोष्टोजस्तै बनेकोमा दु:ख पनि व्यक्त गरेका थिए ।

"प्रचण्डले बोलेका कुराहरु गैर आवाशिय नेपालीका सहि मुद्दाहरु थिए ।" निबर्तमान अध्यक्ष आचार्यले नेप्लिज डायस्पोरासंग भने ।

“नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमंत्री  पुष्पकमल दाहाल 'प्रचण्ड' ले बिहीबार संसदमा गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नु भएको छ।  यसका लागि उहांप्रति हार्दिक आभार व्यक्त गर्दछु।” आचार्यले भने ।

 

आचार्यले संविधानले उल्लेख गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी  एनआरएन नागरिकता लागू गर्न र व्यवहारिक कठिनाइ तथा  वाधा व्यवधान हटाउन तत्काल निर्देशन दिनु हुन प्रधानमन्त्री, सम्बद्ध मन्त्री तथा नेपाल सरकारलाई हार्दिक आग्रह  गरेका छन् ।

 

नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधान राख्न पहल गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत सम्पूर्ण राजनीतिक दलहरुले विगतमा गरेका सकारात्मक भूमीकाप्रति आचार्यले प्रशंसा समेत गरेका छन् ।  

 

“एनआरएनहरुलाई भिसा दिने प्रावधान हटाउन एवम्  संविधानले दिएको अधिकार कार्यान्वयन गराउनको लागि आआफ्नो ठाउँबाट पहलकदमी गर्न पनि संसारभरि रहनु भएका एनआरएन मित्रहरुलाई आग्रह गर्दछु।” कुल आचार्यले भने ।

images
प्रकाशित मिति :माघ २५, २०८१ शुक्रवार - ०२:२३:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend