Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

‘सुजन चापागाईं एण्ड ब्याण्ड’को अमेरिका टूर रोकियो

‘सुजन चापागाईं एण्ड ब्याण्ड’को अमेरिका टूर रोकियो

नेप्लिज डायस्पोरा

९, फाल्गुण २०८१
images
‘सुजन चापागाईं एण्ड ब्याण्ड’को अमेरिका टूर रोकियो

 

काठमाडौं । गायक सुजन चापागाईको अमेरिकामा हुने भनिएको कार्यक्रम क्यान्सिल हुने भएको छ । अमेरिकी दूतावासले सबै सदस्यलाई भिसा नदिँदा ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’को सांगीतिक टूर अनिश्चित बनेको हो । 

 

सामाजिक सन्जालबाट जानकारी दिँदै गायक चापागाईंले अमेरिका टूर तत्काललाई रोकिएको सार्बजनिक गरिसकेका छन् ।

 

शुक्रबार बिहान दूतावासमा अन्तर्वार्ता भएको र ब्याण्डका एक सदस्यले मात्रै भिसा पाएको उनले लेखेका छन् । उनी लेख्छन्- राजदुतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्याण्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रम प्रभावित बनेका छन् ।’

 

ब्याण्डले मार्चदेखि विभिन्न अमेरिकी सहरमा टूरको घोषणा गरेको थियो । टूरमार्फत २ वर्षपछि लाइभ म्युजिकमा फर्किने तयारी थियो तर कार्यक्रम हाललाई अनिश्चित भएको ब्याण्डका मुख्य गायक चापागाईंले जनाए ।

IMG_4499.jpeg

images
प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - २०:४४:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend