Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला

पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला

नेप्लिज डायस्पोरा

२८, फाल्गुण २०८१
images
पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला

 

काठमाडौँ।

सरकारले आइतबार काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गरेर विज्ञप्ति जारी गरेका पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो।

 

‘निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले कार्यविधिको दफा ५ बमोजिम मिति २०८१ फागुन २६ (मन्त्रीस्तरीय) निर्णयअनुसार निजलाई पर्यटन प्रवद्र्धकको जिम्मेवारीबाट हटाइएको व्यहोरा सम्बन्धित सबैलाई जनाकारी गराइन्छ ।’ मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

IMG_5062.jpeg

 

images
प्रकाशित मिति :फाल्गुण २८, २०८१ बुधवार - ०२:१२:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend