Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मञ्जुश्री का ५ मुक्तकहरू

मञ्जुश्री का ५ मुक्तकहरू

नेप्लिज डायस्पोरा

१३, जेठ २०८२
images
मञ्जुश्री का ५ मुक्तकहरू

मुक्तक - १ 

 

बिग्रे भत्के बनाइदिने आमा हुनुहुन्छ 

रिसाएउँदा मनाइदिने आमा हुनुहुन्छ

रक्षाकवच हुनुहुन्छ मेरा लागि आमा 

तेरो म छु, जनाइदिने आमा हुनुहुन्छ । 

 

मुक्तक - २ 

 

लुकेर आँसु झार्न आमाबाटै सिकेको 

गल्ती नगरी हार्न आमाबाटै सिकेको

भोगाइका  अनगिन्ती छ्न् पाठाशाला

मायाले आफ्नो पार्न आमाबाटै सिकेको । 

 

मुक्तक - ३ 

 

म हाँस्दा हाँस्नु हुन्छ म रुँदा रुनु हुन्छ

प्रकृति भन्दा अझै धेरै सुन्दर हुनु हुन्छ

भन्नुहुन्छ आमा ! मान्छे भएनन् मान्छे

शब्द शब्दमा छ अमृत हृदय छुनु हुन्छ । 

 

मुक्तक - ४ 

 

रुन त जन्मिदै रोएँ, धरामा हाँस्न सिकायौ

भोगियो अनेकौं हन्डर, युग जाँच्न सिकायौ

घरीघरी फुस्किन खोज्छ, सम्बन्धका डोरी पनि 

आमा थियौ र कसिलो गाँस्न बाँध्न सिकायौ । 

 

मुक्तक - ५ 

 

चुपचाप रहनु सहनु कस्तो कर्म सिकायौ

बरु रुनु एक्लै नकहनु कस्तो मर्म सिकायौ

आमा!अन्याय गर्नेहरू सधैं  सधैं मौलाइरहे,

पीडा दिनेलाई छ उन्मुक्ति, कस्तो धर्म सिकायौ ! 

 

 

- बिराटनगर,

images
प्रकाशित मिति :जेठ १३, २०८२ सोमवार - २०:०३:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend