Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

‘हिमालयन चितुवा’ ले ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट ’ भिड्ने

‘हिमालयन चितुवा’ ले ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट ’ भिड्ने

नेप्लिज डायस्पोरा

१९, आषाढ २०८२
images
‘हिमालयन चितुवा’ ले ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट ’ भिड्ने

 

काठमाडौँ, १८ असार : किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका नेपाली युवा बक्सर अविरल घिमिरेले आगामी भदौ २० गते जापानको टोकियो सहरमा आयोजना हुने ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट मा भिड्ने हुनुभएको छ । विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा आयोजना हुने सो अन्तरराष्ट्रिय प्रतियोगितामा ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेसहित चीन, बुलगेरिया, नेदरल्याण्ड, ब्राजिल, पोल्याण्ड र आरमेनियाका चर्चित बक्सर रिङमा उत्रनेछन् । 

 

विश्व प्रसिद्ध ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट’मा भाग लिनका लागि बक्सर घिमिरे विशेष प्रशिक्षणका लागि जापानबाट आज थाइल्याण्डको फुकेट सहरको मोथाई क्लबतर्फ प्रस्थान गर्नुभएको छ । उनीले आफ्नै खर्चमा प्रशिक्षण लिनुहुने जनाइएको छ । 

 

गत जेठ ४ गते जापानको ओसाका सहरमा  सम्पन्न  ‘के वन क्रस १७५’को उपाधि चुम्दै बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ उपाधि’ हात पारेर अदम्य साहस तथा असाधारण उपलब्धि हाँसिल गरेका थिए  ।  अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उहाँले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बन्नुभएको हो ।

 

 ‘च्याम्पियन’ जिन्कलाई रिङ्मा ढाल्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी बन्नुभएको बक्सर अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी देव घिमिरेले जानकारी दिनुभयो । 


IMG_8405.jpeg

उहाँका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) र ‘हिट’ प्रतियोगिताको टाइटल बेल्ट जित्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी हुन् । 

 

बक्सर अविरल आफ्ना पिता बक्सर देवको साथमा जापानको नागोया सहरमा बस्दै आउनुभएको छ । कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।

–––

images
प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - ०८:५१:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend