Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विद्यार्थीसङ्ग मिलन समीर " कार्यक्रम

विद्यार्थीसङ्ग मिलन समीर " कार्यक्रम

नेप्लिज डायस्पोरा

२३, आषाढ २०८२
images
विद्यार्थीसङ्ग मिलन समीर " कार्यक्रम

२० असार २०८२, पाल्पा ।

युवा कवि तथा सिर्जनशील साहित्यिक अभियन्ता मिलन समीरसँग केन्द्रित रहेर गरिएको " सिर्जनशील संवाद " को पहिलो शृङ्खला " विद्यार्थीसँग मिलन समीर " कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । वालिङस्थित साइन भिलेज इन्टरनेशनल एकेडेमीमा शुक्रबार (असार २० गते) कार्यक्रम गरिएको हो । 

 

साइन भिलेज इन्टरनेशनल एकेडेमीले आयोजना गरेको " सिर्जनशील संवाद " को पहिलो शृङ्खला " विद्यार्थीसँग मिलन समीर " कार्यक्रमको सहजीकरण कक्षा १० कि छात्रा सिमरन खड्काले गरेकी थिइन् ।

IMG_8508.jpeg

सिर्जनशील संवादको क्रममा पाठ्यपुस्तकदेखि बाहिरका पुस्तकको अध्ययनको महत्त्व, सिर्जनशील लेखन के हो ? सिर्जनशील लेखनको महत्त्व र अभ्यास, मिलन समीर नामको अन्तर्कथा, विद्यार्थी जीवनमा पाठ्यपुस्तकसँग सम्बन्धित कविता, कथा, निबन्ध, संवाद र दैनिकी जस्ता विविध विधा लेखन- अभ्यासको माध्यमबाट हुने साहित्यको विकासदेखि लिएर साहित्यिक लेखनको सुधारसँगै निखारतासँग सम्बन्धित रहेर सिर्जनशील संवाद गरिएको थियोे ।

विद्यालयका सहायक प्रधानाध्यापक गौरव सुवेदीले विद्यार्थीहरूलाई अग्रज पुस्ताको जीवन्त अनुभव र अनुभूतिसँग साक्षात्कार गराएर जीवनप्रति सदैव सकारात्मक सोचको विकास गर्दै सिर्जनशील सिकाइलाई दीगो बनाउनका लागि हरेक महिनाको तेस्रो शुक्रबार नियमितरूपमा आयोजना गरिने योजनासहित " सिर्जनशील संवाद " शृङ्खलात्मक कार्यक्रमको शुरूवात गरिएको र आगामी दिनमा समाजका विविध क्षेत्रमा क्रियाशील उदाहरणीय अग्रज व्यक्तित्वहरूलाई विद्यालयमा निमन्त्रणा गरेर विद्यार्थीहरूको माझमा " सिर्जनशील संवाद " को शृङ्खलालाई अगाडि बढाइने जानकारी दिए ।

स्मरण रहोस्, यस्तो किसिमको " सिर्जनशील संवाद " कार्यक्रम स्याङ्जाको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो । 

 

करादीखोला, स्याङ्जामा जन्मिएका मिलन समीर युवा पुस्ताका सशक्त कविको रूपमा स्थापित छन् । समीर स्याङ्जाको साहित्यिक जगतमा सिर्जनशील साहित्यिक अभियन्ताको रूपमा परिचित छन् । स्याङ्जाको व्यापारिक केन्द्रको रूपमा रहेको वालिङ बजार समीरकै विशेष अग्रसरतामा पछिल्लो समय साहित्यिक केन्द्रको रूपमा स्थापित हुँदै गएको साहित्यिक जानकारहरू बताउँछन् । 

IMG_8505.jpeg

उनका हालसम्म गाउँमा साइरन बजेपछि (कविता सङ्ग्रह- २०६९), प्रिय दुश्मन (शृङ्खला कविता- २०७९), मिलन समीर र मिलन समीरहरू (शृङ्खला कविताहरू- २०८०) र  मिलनमन्त्र (मायालु मुक्तकहरु- २०८०) लगायतका पुस्तकहरू प्रकाशित भइसकेका छन् भने समीरसूत्र (प्रेमिल गजलहरू) प्रेसमा गएको छ ।

गल्याङ प्रज्ञा प्रतिष्ठानको संस्थापक सचिव, वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संस्थापक संयोजक, नेपाली लेखक संघको केन्द्रीय सचिवको रूपमा नेपाली भाषा- साहित्यको स्तरोन्नतिको सन्दर्भमा विशेष क्रियाशील हुँदै आएका समीर स्थानीयदेखि लिएर राष्ट्रियस्तरका थुप्रै सम्मान/पुरस्कारद्वारा सम्मानित/पुरस्कृत भइसकेका छन् ।

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - ०४:५२:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend