Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गजल - रश्मि रोदन

गजल - रश्मि रोदन

नेप्लिज डायस्पोरा

९, श्रावण २०८२
images
गजल - रश्मि रोदन

 

 

आफन्तको अविश्वास थिएन कत्ति थिएन

बरु मलाई आफ्नै विश्वास एक रत्ति थिएन । 

 

मैले यस कारणले  आफूलाई जलाएको हुँ,

कसैले दुनियाँ हेर्न खोज्यो तर बत्ति थिएन । 

 

थोपा-थोपा रगत बेचेर आफन्तलाई किनेँ,

म बेचिएकोमा पश्चाताप अलिकति थिएन । 

 

बचाउँनै सकिन  मेरा केही थान खुशीलाई,

भोको पेटको अस्पताल र ओखति थिएन ।

 

यहाँ आफ्नैहरूले यो प्राण लिन खोज्दैछन्

तिमीले नाथे मन लगेकोमा आपत्ति थिएन ।

 

धादिङ, काठमाण्डौ ।

images
प्रकाशित मिति :श्रावण ९, २०८२ बिहिवार - ०७:३०:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend