Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साहित्य र मानवताको सेवामा समर्पित अन्तर्राष्ट्रियस्तरमा संस्था हो साहित्यिक चौतारी नेपाल -शिरीष बन्जाडे

साहित्य र मानवताको सेवामा समर्पित अन्तर्राष्ट्रियस्तरमा संस्था हो साहित्यिक चौतारी नेपाल -शिरीष बन्जाडे

नेप्लिज डायस्पोरा

२७, श्रावण २०८२
images
साहित्य र मानवताको सेवामा समर्पित अन्तर्राष्ट्रियस्तरमा संस्था हो साहित्यिक चौतारी नेपाल -शिरीष बन्जाडे

शिरीष बन्जाडे वि. सं. २०६२ साल साउन ९ आइतबारका दिन, लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, बुद्धभूमि नगरपालिकामा पिता नारायण बन्जाडे र माता वसन्ता खनालको कोखबाट जेठो सन्तानमा रूपमा जन्मिनु भएको हो । उहाँको परिवारमा उहाँ लगायत एक जना दाजु र एक जना भाइ समेत रहनु भएको छ ।

वि. सं. २०७८ सालमा कपिलवस्तुकै सामुदायिक विद्यालयबाट एस.इ.इ उत्तीर्ण गरी वि. सं. २०८० सालमा काठमाण्डौको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट दश जोड दुई र हाल थापाथली इञ्जिनियरिङ्ग क्याम्पसबाट सिभिल इञ्जिनियरिङ्ग चौथो खण्डमा अध्ययनरत हुनुहुन्छ ।

उहाँको प्रकाशित पहिलो साहित्यिक सिर्जना सेतोपाटी अनलाइनमा र प्रकाशित 'पैसाबिना के छ र ?' बाट साहित्यिक क्षेत्रमा पदार्पण गर्नु भएको हो । 

साहित्यिक चौतारी नेपालको केन्द्रीय कमिटिमा सचिव पदमा कार्यरत उहाँले लुम्बिनी प्रदेशस्तरीय कवितावाचन प्रतियोगितामा सम्मानित हुनु भएको छ भने 

बुद्धभूमि नगरस्तरीय वादविवाद, वक्तित्वकला प्रतियोगितामा धेरै पटक सम्मानित

थुप्रै कविता वाचन प्रतियोगितामा पुरस्कृत हुनु भएको छ । उहाँसित साहित्यिक चौतारी नेपालसित सम्बन्धित रहेर संस्थाका केन्द्रीय सदस्य तथा नेप्लिज डायस्पोरा अनलाइनका साहित्यिक सम्पादक गोमविक्रमले गर्नु भएको कुराकानी यसप्रकार रहेको छ : - 

 

गोम - साहित्यिक चौतारी, नेपालमा कसरी आकर्षित र आबद्ध हुनु भयो ? 

 

  शिरीष - म करिब वि. सं. २०७७/२०७८ सालतिर छन्द सिक्न एकदमै तल्लीत थिएँ सोही क्रममा यसै संस्थामा आवद्ध शंकर ढकाल गुरुसँग चिनजान भयो र सोही मार्फत् साहित्यिक चौतारी नेपालको तत्कालिन परिवारसँग जोडिएँ र यसैमा सम्मिलित हुन पुगेँ । 

 

att.I2W-aIVBAGR3hL2xfOCOLEnGMw7zcc9v4sHeTN1jUyg.jpeg

 गोम - साहित्यिक चौतारी नेपाललाई दिगो र अमर संस्था बनाउन हजुरको सल्लाह ? 

 

शिरीष - अहिले च्याउ सरी साहित्यिक संस्थाहरू उम्रिएको अवस्थामा साहित्यिक चौतारी नेपालले आफ्नो साख जोगाएर अमरत्व ग्रहण गर्न अहिले जसरी अझै सिर्जनात्मक तवरले निस्वार्थ भावनासँगै अगाडी बढ्नुपर्छ । अर्को अर्थमा जुन मार्गमा यो संस्था चलिरहेको छ यो नै आजको अत्यावश्यक मार्ग हो ।


गोम - साहित्यिक चौतारी नेपालका निम्ति चुनौतीका कुराहरू ? त्यसमा हजुरको सुझाव ? 

 

शिरीष - साहित्यिक चौतारी नेपालका निम्ति मेरो दृष्टिकोणमा निम्न कुराहरूमा केही चुनौती देखेको छु : -

  - नयाँ पुस्तालाई आकर्षित र संलग्न गर्न

  - सबै शाखाहरूलाई उत्तिकै सक्रिय बनाउन

  - निरन्तर कार्यक्रम गराउँदा आर्थिक व्यवस्था मिलाउन

  - भौतिक कार्यक्रममा सबैको सहभागिता जनाउन । 

 

त्यसमा मेरो के सुझाव छ भने, 

  - हामीले हाम्रो यात्रा अझै सशक्त रूपमा बढाउनुपर्छ ।

  - आधुनिक प्रविधिको उच्चतम प्रयोगमा जोड दिनु पर्छ ।

  - शाखाहरू बीचमा निरन्तर समन्वय र सम्पर्क भइरहनु पर्छ ।

  - कार्यक्रम गर्दा स्थानीय निकायहरूसँग सहकार्य बढाउँदै जानु पर्छ ।

 

att.qbvqQcggAr1UnjPvttaYZVJ6i3DCnr-G4z5-NoCmm-4.jpeg

 गोम - नेपाली साहित्यलाई साहित्यिक चौतारी नेपाल मार्फत विश्व साहित्यको बजारसम्म पुर्याउन के गर्न सकिएला ? 

 

शिरीष - हाम्रा शाखा विदेशमा पनि छन् । तसर्थ यो कार्यमा विशेष सहयोग मिल्नेछ । विगतमा चलाएका छन्दशाला जस्ता कार्यक्रम अझै सशक्त रूपमा चलाउन सकियो भने नव आगन्तुक साहित्यिक प्रतिभाहरूमा छन्दको ज्ञान बढाउँदै जान सकिन्छ । त्यसै गरी अन्तर्राष्ट्रिय प्रतियोगिता समेत गराउने,  साहित्यका विविध आयामहरूमा विचार, विमर्श गराउन सकियो भने संस्था मार्फत विश्व साहित्यको बजारसम्म पुर्याउन सहज हुन सक्छ ।

 

गोम - अन्य संस्थाभन्दा कुन कुराले साहित्यिक चौतारी नेपाल फरक छ ? वा बनाउन सकिन्छ ? 

 

शिरीष - सर्वप्रथम त यो साहित्यिक चौतारी नेपाल मानवताको सिद्धान्तसँगसँगै साहित्यको विकास र विस्तारसँगै मानव सेवामा समर्पित अन्तर्राष्ट्रियस्तरमा फैलिएको संस्था हो । यही नै काफी छ । 

 

att.ppar9T-Fz822V_k18WPXQeYHlJd3k8olSisDCTtKMCk.jpeg

गोम- साहित्यिक चौतारी नेपाललाई सघाउन मिडियाको भूमिका कस्तो देख्नु हुन्छ ? 

 

शिरीष - मिडियाले पनि हामीलाई विशेष सहयोग प्रदान गरेको छ । हाम्रा कार्यक्रमको समाचार प्रसारण गरेर विश्वसामु अपरिचित मानिसलाई पनि के रहेछ यो साहित्यिक चौतारी नेपाल भन्ने कौतुहलता बढाउन मिडियाले विशेष अङ्गको भूमिका निर्वाह गरेको देख्छु ।

गीतकार सतीश चापागाईको गीत तिम्रो मन कोमल छ...

 

images
प्रकाशित मिति :श्रावण २७, २०८२ सोमवार - १९:३९:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend