Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ सम्पन्न

निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ सम्पन्न

नेप्लिज डायस्पोरा

४, भाद्र २०८२
images
निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ सम्पन्न

वालिङ, स्याङ्जा, ३१ साउन ।

निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ वालिङमा भव्यतापूर्वक सम्पन्न भएको छ । 

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा नेपाली साहित्यको इतिहासमै पहिलोपटक आयोजना गरिएको निर्बन्ध (आख्यान र काव्य) लेखन विषयक विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ शनिबार अपरान्ह वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न गरिएको थियोे । 

कार्यक्रममा निर्बन्ध (आख्यान र काव्य) लेखनमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीरद्वारा सहजीकरण गरिएको थियोे । 

att.3OwpL6HASIcUFkPbGdxrKaVYiHQMyg6xiUN6qRZT0ZM.jpeg

कार्यक्रममा मिलन समीरद्वारा "मान्छेको मृत्यु", संस्थापक अभियन्ता शम्भु अर्यालद्वारा "दिवस एक विद्रोह", संस्थापक अभियन्ता वसन्त खनालद्वारा "तिमीले बिर्सियौ भने", अभियन्ता पारिश्वर न्यौपानेद्वारा "मलाई मन पर्छ" शीर्षकका निर्बन्ध काव्य र गुरुप्रसाद ढकालद्वारा निर्बन्ध गजल रचनाहरू वाचन गरिएको थियो । 

 

images
प्रकाशित मिति :भाद्र ४, २०८२ बुधवार - १९:३६:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend