Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कर्मदा सृजना मञ्च नेपालमा काव्यगोष्ठी

कर्मदा सृजना मञ्च नेपालमा काव्यगोष्ठी

नेप्लिज डायस्पोरा

२०, भाद्र २०८२
images
कर्मदा सृजना मञ्च नेपालमा काव्यगोष्ठी

पाल्पा भदौ १९ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५१ औँ तथा १६०औँ मोती जयन्ती विशेष रचना वाचन विद्युतीय माध्यमबाट कार्यक्रम आज सम्पन्न गरेको छ ।  सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेल रहनु भएको कार्यक्रमको प्रमुख अतिथिमा कविवर डा. बमबहादुर थापा जिताली, विशिष्टमा कलानिधि दाहाल, गोविन्दप्रसाद घिमिरे वेदमणि, गणेश आत्रेय, हरि खनाल, गङ्गा लिगल, समीक्षक  पुरुषोत्तम सिग्देल हुनुहुन्थ्यो । 

‎आजको कार्यक्रममा रचनाहरू प्रस्तुत गर्नेहरूमा - १. कलानिधि दाहाल, (मोतीमा शुभकामना - वर्षामास - अनुष्टुप्  छन्दमा) २. बमबहादुर थापा जिताली (फर्कन्छु आफ्नै घर - शार्दूलविक्रीडित छन्दमा), ३. गणेश आत्रेय ( मोतिराम - द्रुतविलम्बित छन्दमा) ४. पुरुषोत्तम सिग्देल  (गजल - विधाता) ५. गङ्गा लिगल- (मुक्तक), ६. हरि खनाल ७. लक्ष्मीप्रसाद मिश्र (छोरा मर्दा - सुसेली र लोकछन्द) ८. गोविन्दप्रसाद घिमिरे वेदमणि – (फर्कन्छु आफ्नै घर र गजल शार्दूलविक्रीडित र भुजङ्गप्रयात छन्दमा) ९. दुर्गाप्रसाद सिग्देल (व्याधा र विप्रावती - शार्दूलविक्रीडित छन्दमा), १०. राचन्द्र न्यौपाने वनबासी (बिडम्बना – अनुष्टुप्) ११. शारदा कार्की (फिऱ्यो वर्षा आयो - शिखरिणी छन्दमा), १२. जगदीश्वर पोखरेल ( रहून् हाम्रा मोती अति चहकिला भानु जसरी - शिखरिणी छन्दमा), १३. ललिता खरेल (अत्याचार बढेपछि- स्वतन्त्र ), १४. बिनुबाबा घिमिरे (छैन कोही मलामी - शालिनी छन्दमा), १५. सुधा बास्कोटा (मोतीराम- गजल) १६. चन्द्रा न्यौपाने (मोतीराम- सुसेली र असारे झ्याउरे), १७. डा. सीता सुवेदी (कवितालाई आह्वहान- अनुष्टुप् छन्दमा), १८. द्वारिका कुँइकेल (भट्टीमा जाऊँ) वाचन गर्नु भएको थियो । 

वाचित रचनाहरूको संक्षिप्त टिप्पणी पुरुषोत्तम सिग्देललेले गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष जगदीश्वर पोखरेलले सधन्यवाद सभा विसर्जन गर्नुभएको थियो । ‎जय साहित्य ! जय कर्मदा !!

images
प्रकाशित मिति :भाद्र २०, २०८२ शुक्रवार - ०७:४४:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend