Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बा… ( कविता )

बा… ( कविता )

नेप्लिज डायस्पोरा

४, आश्विन २०८२
images
बा… ( कविता )

बा…। 

ए बा,

 

म छाती थापेर हङ्काराकासाथ
मुठ्ठी उठाउदै मैदानमा उत्रे
तिमीअहङ्कारी बन्दुक उठाएर
छाती ताक्दै मैदानमा उत्रेउ
म सुशासनका लागि अघिबढे
तिमी रक्तपातको रमिते बनेउ
मैले गाँस,वास ,कपास मागे
तिमीले बुलेट दियौ।

म भ्रष्टाचारको किल्ला भत्काउन
बुलन्द आवाज लिएर जुटे
तिमी आवाज दबाउने आदेस दिएर
नरसंहार गर्न उठेउ
म भ्रष्ट बलत्कारी ,द्रव्यपिसाच बस्ने
कुर्सी भाँच्न संसद भवन पसे
तिमी राजगद्दी छोडेर प्राण जोगाउन
सेनाको ब्यारेक पसेउ।

ए बा,

सिंहदरबार ,अदालत जले
जले भ्रष्टका विशाल दरबारहरू
देशका रक्षक ,युवा बालक ढले
ढले भविष्यका कर्णधारहरू
भागे देशद्रोही ,राष्ट्रघाती जाली
भागे मान्छे बेच्ने दलालहरू
निसानाले छाती टाउकोमा ठोके गोली
क्रूर बने प्रहरीहरू।

लुटपाट गरे घरपसि जनका धनजति
जन लुटेरा बनायौ किनरु
थिए दलका युवा जवानहरू सबै
कता हराए लुक्नु किनरु
रक्षक बन्न सकेन शासक यहाँ
जनले खोसे बन्दुक किनरु
अनावश्यक चल्यो बुलेट यहाँ
बाल युवा ढले किनरु

ए बा

उठेका थिए ज्यमी ,मजदुर किसान
उठे आमाबाबा पनि
निहत्था निस्शस्त्रमाथि बुट बजारेउ
के ऐस पायौ कुनि रु
खै ।।१ किन जङ्गिदै हिड्छन सडकमा
तिम्रा मालामाल भ्रष्टहरू
डर छैन कि जनको
किन कुर्लनु व्वासा र सक्षसहरू।

ढल्यो राणातन्त्र राजतन्त्र ढल्यो
हल्लियो गणतन्त्रको जग पनि
बलिदानी सपुतहरूको रगतले
रच्यो इतिहास नौँलो अनि
वंश नासियो शून्यभयो आँगन
रित्तियो आमाको काँख पनि
अकूत सम्पत्तिमा राज गरेउ
आखिरमा खरानी भयो त्यो पनि …।

– सुभद्रा भट्टराई

images
प्रकाशित मिति :आश्विन ४, २०८२ शनिवार - २०:२७:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend