मुक्तक -१
खै किन होला सानु कहिल्यै छैन मन तिम्रो बुझेको
सधैँ देख्छु तिमी रुँदारुँदै ज्यान सुकी परेली रुझेको
किन भन्थ्यौ पहिले गोविन्द भए संसार बिर्सन्छु मैले,
तर देख्दिन अहिले कतै पनि त्यो तिम्रो दिमाग सुझेको ।
मुक्तक -२
तिमीलाई कलेजी दिएर आँसु उपहार पाएकै छु
भेट्न तिमीलाई सधै उकाली ओराली धाएकै छु
सोचेको थिएँ तिमी आयौ मेरो भाग्य लेखा बनेर, असाध्यै बैमानी रहेछौ मैले खानु धोका खाएकै छु ।
मुक्तक -३
मैले मेरो मुटु नै चुँडेर तिमीलाई दिएको हो
पवित्र चोखो मायाले तिमीलाई सिएको हो
बुझ्नै सकिनँ खै के कमी भयो आज मबाट,
तिम्रो पीरै पीरले अलिकति धेरै पिएको हो।
मुक्तक -४
मैले आजसम्म छैन नि सुखको सास फेरेको
किन होला म दुःखीलाई दुःखैदु:खले घेरेको
तिमी टाढियौ त के भयो मैले भुल्न सक्दिन,
कसरी हेर्न सक्छौ बैरीले प्रेमको गला सेरेको ।
मुक्तक -५
म तिम्रो कृष्ण,सानु तिमी मेरी राधा हो
खै बुझेको,तिमी मेरो मुटुको आधा हो
तिमी भए खिलखिलाउँछ त्यो गुलाफ,
कसरी भनूँ जीवन तिम्रै लागि साधा हो ।
- पाणिनी-७,अडगुरी, अर्घाखाँची ।