Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेशको तयारीमा

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेशको तयारीमा

नेप्लिज डायस्पोरा

२५, कार्तिक २०८२
images
भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेशको तयारीमा

 

काठमाडौँ : नेकपा (एमाले) बाट निष्कासित नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने अन्तिम चरणमा पुगेका छन् ।

 

आइतबार साँझ प्रचण्ड, माधव नेपाल, रावल, प्रकाश ज्वाला र भानुभक्त जोशीबीच भएको भेटवार्तामा सहमति नजिक पुगेको स्रोतले बताएको छ । स्रोतका अनुसार केही प्राविधिक विषय टुङ्गिएपछि रावल औपचारिक रूपमा नेकपामा प्रवेश गर्न सक्नेछन् ।

 

गत साता १० दलबीचको एकता घोषणामा पनि रावललाई समावेश गर्ने प्रयास भए पनि अन्तिम सहमति हुन सकेको थिए । अहिले भने सहकार्यबारे समझदारी बढेको नेपाली कम्युनिस्ट पार्टीका नेताहरूको भनाइ छ ।

एमालेले अनुशासन उल्लङ्घनको आरोप लगाउँदै गत पुसमा रावललाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनले ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्दै अलग राजनीतिक अभियान थालेका थिए।

 

छलफलमा सहभागी नेता प्रकाश ज्वालाका अनुसार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ। 'हामी विभिन्न नेताहरूसँग निरन्तर संवादमा छौँ,' उनले भने, 'भीम रावलसँगको छलफल पनि सकारात्मक छ।'

images
प्रकाशित मिति :कार्तिक २५, २०८२ सोमवार - ०६:१३:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend