Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

लज्जावती जस्तै लजाएको छ प्रकृति ( कविता )

लज्जावती जस्तै लजाएको छ प्रकृति ( कविता )

नेप्लिज डायस्पोरा

२, मंसिर २०८२
images
लज्जावती जस्तै लजाएको छ प्रकृति ( कविता )

खुल्ला सडकमा तिमी
उन्मत्त हुदै उड्न चाहान्छौ
सडक किनारका वृक्षहरूले
चियाइरहेका हुन्छन्
फुकालेर सारी पेटीकोट तिमीले
लगाएको पहिरन देख्दा
लज्जावती जस्तै लजाएको छ प्रकृति
सडक किनारमा ऊ रमिते भएको छ।

दिनहुँ सेता गहुँगोरा पिँडुलो देख्दा
सडक पनि एक पटक जुरुक्क
उठ्न खोज्दो हो
जानीजानी आफ्नो रूप र शृङ्गारको
अहङ्कार बोकेर लठ्ठ पार्दै
किन उठाउन खोज्छेउ
सडकमा लाम लागेका मलामीहरूलाई।

तिनै पेटीका पालुवा फेरिएका
नव वृक्षका पातहरू
तिम्रा हरेक पाइलाहरू पछ्याएर
उडेका पतिङ्गरहरू
नतमस्तक हुन्छन होला
रङ्गीन केशराशि र सेता
पिँडुलोहरू सुमसुम्याउन ।

आतुर हुन्छन होला
बैँसालु नजरभित्र रम्न
खोज्छन होला सुनसान रातमा
दिनभरि दृश्यावलोकन गरेका
विचित्रका तिम्रा तस्बिरहरू
लाग्दो हो सडकलाई पनि
यौवनको भोक
र त वायुको सहायताले
तिम्रा कोमल अंङ्गहरूमा
सुस्तरी सुस्तरी स्पर्श गर्ने
बेला बेला लडाउने गर्छ सडक।।।१

 

प्रतिक्रिया

images
प्रकाशित मिति :मंसिर २, २०८२ सोमवार - २१:०५:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend