दाङ – नेपाली कम्यूनिष्ट पार्टीका नेता वामदेव गौतमले देशको यो अवस्थामा पुर्याउने दोषी व्यक्ति को हो भनेर प्रश्नको उत्तर खोजिने बताएका छन् ।
लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्वोधन गर्दै उनले जेनजी आन्दोलन नेपालका राजनीतिक पार्टी र नेताहरुलाई घचघच्याउन भएको दावी गरे।
‘जेनजीको आन्दोलनलाई शन्तिपूर्ण, संवाद गरेर समाधान गर्न सकिन्थ्यो । राज्य सत्ता र विशेषगरी नेतृत्वको दम्भ, घमण्ड र कुनैपनि समस्यालाई गम्भिर रुपमा नलिने प्रवृत्ति वोकेका त्यस वेलाका प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली नै यो देशलाई आज ववार्दीको अवस्थामा पुर्याउने प्रकारान्तरले वेठिक व्यक्ति बन्नुभएको छ।”
उनले दावी गर्दै भने, “नेपाली जनताले, नेपाली सन्तानले सधैंभरी यसैरुपमा सम्झने छन् । यसैरुपमा आलोचना गरिरहनेछन् । अझै लाजै नमानी पार्टीको अध्यक्ष हुन्छु, प्रधानमन्त्री हुन्छु भनेर भनिरहनुभएको छ । तपाईले यसो भनेपनि अव केही गर्न सक्नुहुन्न । कि तपाई शक्तिहीन भईसक्नु भएको छ ।”