Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

कांग्रेसको नेतृत्व युवाले लिनुपर्छ : देउवा

कांग्रेसको नेतृत्व युवाले लिनुपर्छ : देउवा

नेप्लिज डायस्पोरा

१९, मंसिर २०८२
images
कांग्रेसको नेतृत्व युवाले लिनुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिकाअनुसार २६ देखि २८ पुससम्म महाधिवेशन गराउन प्रतिबद्ध रहेको बताएका छन् । पार्टीका युवा नेताहरूसँग महाराजगञ्जमा कुरा गर्दै देउवाले १५ औँ महाधिवेशन हुने भएकोले युवाहरूलाई गाउँ जान निर्देशन दिए । 

‘युवाहरूको सहभागिता हुनुपर्छ भनेर हामीले भन्यौँ । उहाँले कार्यतालिका तलमाथि हुँदैन भन्नुभयो । युवाहरू लाग्नुस्, पार्टीको लिडरसिप युथहरूले लिनपर्छ भन्नुभयो,’ भेटमा सहभागी नेता रञ्जित कर्णले शिलापत्रसँग भने, ‘तपाईंहरूलाई सहयोग गर्छु । नेविसंघ र तरुण दलको अधिवेशन नगरेर १० वर्षदेखि तपाईंहरूलाई अन्याय भएको महसुस भएको छ भन्नुभयो ।’

कांग्रेसको १५औँ महाधिवेशन आगामी २६ देखि २८ पुसमा हुने तय भएको छ । 

images
प्रकाशित मिति :मंसिर १९, २०८२ बिहिवार - ०६:३३:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend