Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

वरिष्ठ पत्रकार चापागाईँ काँग्रेस केन्द्रीय प्रचार प्रसार समितिमा नियुक्त

वरिष्ठ पत्रकार चापागाईँ काँग्रेस केन्द्रीय प्रचार प्रसार समितिमा नियुक्त

नेप्लिज डायस्पोरा

४, फाल्गुण २०८२
images
वरिष्ठ पत्रकार चापागाईँ काँग्रेस केन्द्रीय प्रचार प्रसार समितिमा नियुक्त

काठमाडौँ –  नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा वरिष्ठ पत्रकार, नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष प्रदीप चापागाईँ मनोनीत भएका छन् ।

पार्टीको विशेष महाधिवेशनबाट बनेको प्रवक्ता देवराज चालिसे नेतृत्वको समितिमा चापागाईँलाई  मनोनयन गरिएको हो । नेपाली काँग्रेसमा निर्वाचन परिचालन समितिपछि प्रभावशाली मानिने केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा चापागाईँको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिसँग समन्वय गर्दै प्रचार रणनीति अघि बढाउने जिम्मेवारी सो समितिलाई छ।

प्रवक्ता चालिसेको संयोजकत्वमा रहेको प्रचार प्रसार समितिले चुनावी सन्देश प्रभावकारी रूपमा मतदातासम्म पुर्‍याउने काम गर्नेछ ।

चापागाईँ सँग लामो समय सम्म नेपाल टेलिभिजनको आर्थिक समाचार प्रमुखका रूपमा रहेर पत्रकारिता गरेको अनुभव छ।

 

 

 

images
प्रकाशित मिति :फाल्गुण ४, २०८२ सोमवार - २१:४८:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend