Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नयाँ वर्षको शुभकामना ( कविता )

नयाँ वर्षको शुभकामना ( कविता )

नेप्लिज डायस्पोरा

३०, चैत्र २०८२
images
नयाँ वर्षको शुभकामना ( कविता )

नयाँ वर्षको शुभकामना

सुस्त सुस्त पवनले, सुगन्धीत फूल फैलायो
हराभरा पाखा पखेरा, धरा नै जगमगायो ।
कोइलीको मधुर स्वर, सुन सर्वत्र गुन्जियो
बर्स्यो हर्ष बसन्तको, जरामा दुर्भाव पन्छियो ॥

हाँगाहाँगामा पालुवा, जीवनले रस भरायो।
मन मस्तिष्कमा आशाको, उज्यालो मुना पलायो
सृष्टि नयाँ रंगमा ढल्की ,अद्भुत रूपै देखायो॥

नयाँवर्ष आयो लिएर, आशा बिश्वास उज्यालो
पुराना दुःख बिसाउँदै, ल्यायो है खुशीको पालो।
हृदयका सपनाहरू, बिस्तारै फेरि फुल्दैछन्
जलेर ढली निराशा, आशाका गोरेटा खुल्दैछन्।।

सुनौलो सूर्योदय छ, जगत जननी हाँसेकी
बाँडे मुस्कान मानिसले आहा १ कल्याण नाचेकी ।
सकियो द्वन्द मिले मानव, प्रेमको सागर छ
समृद्धि, शान्ति जोड्न, नयाँ वर्षलाई हतार छ।।

बसन्तसँगै आएको यो, नयाँ वर्षको मिलन
जीवहरूमा देखियोस्, शान्तिको सुमधुर क्षण।
प्रेमका टुसा मौलाउन् बढोस सद्भाव भावना
शान्ति र समृद्धि होस् नयाँ वर्षको शुभकामना।।

-गाेपीराम भण्डारी 

images
प्रकाशित मिति :चैत्र ३०, २०८२ सोमवार - १९:५३:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend