२९, भाद्र २०७५
बिश्वबन्धु भण्डारी
जापानमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान कांग्रेसीहरुलाई आफ्नो प्रवासी संगठन नेपाली जनसम्पर्क समिती जापानको नजिकिदै गरेको अधिवेशनले गर्दा रौनक़ बढेको छ । २०१९ को जनवरी अन्तिमतिर अधिवेशन गर्ने तयारीमा रहेको जनसम्पर्क समिती जापानले केन्द्रीय समितीले गरेको निर्णय अनुसार सेप्टेम्वर अन्तिम हप्तासम्म क्षेत्रहरुमा अधिवेशन गर्न निर्देशन दिएको छ, बिषेश परिस्थितीले सेप्टेम्वर अन्तिम सम्म अधिवेशन गर्न नसकिएमा केन्द्रीय समितीकै सरसल्लाहमा अधिवेशन गर्न क्षेत्रीय समितीलाई निर्देशन पनि गरिएको छ सेप्टेम्वर १० मा नाकानो टोकियोमा बसेको जनसम्पर्क समिती जापानको केन्द्रीय बैठकले आफ्ना क्षेत्रीय कार्यसमितिको अधिवेशनहरू सम्पन्न गर्नका निम्ति तपशिल बमोजिमका केन्द्रीय प्रतिनिधी तोकेको छ।
१.फुकुओका क्षेत्र:-रोशन केसी(सभापति)
:- धर्म अधिकारी(सल्लाहकार)
२.हिरोशिमा क्षेत्र:-विष्णु अर्याल(उपसभापति)
:-बद्रि पौडेल(उपसभापति)
३.ओसाका क्षेत्र:-पिताम्बर चापागाँई(उपसभापति)
:-प्रेम प्रसाद कँडेल (सह-महामन्त्री)
४.नागोया क्षेत्र :-डा.सुदिप अधिकारी(सल्लाहकार)
:-हरि प्रसाद कँडेल (सह-महामन्त्री)
५.सिजुओका क्षेत्र:-रेशम डंगोल(महामन्त्री)
:-जितेन्द्र केसी(केन्द्रीय सदस्य)
६.निगाता क्षेत्र:-राजेन्द्र जम्मरकट्टेल (उपसभापति)
:-पुष्कर जंग थापा(उपसभापति )
७.तोहोकु-फुकुसिमा क्षेत्र:-पेम्बा लामा(उपसभापति )
:-लक्ष्मण थापा(केन्द्रीय सदस्य)
:-शरदराज लामिछाने(केन्द्रीय सदस्य)
८.किता-कान्तो क्षेत्र:- नवराज थापा(उपसभापति )
:-विपिन घिमिरे (केन्द्रीय सदस्य)
९.कान्तो क्षेत्र:- रामकृष्ण बममल्ल (उपसभापति )
:- रामजंग कार्की (महामन्त्री)
केन्द्रिय समितीले दिएको निर्देशन अनुसार केहि क्षेत्रीय समितीले पनि अधिवेशनको मिती तय गरि अधिवेशन तयारीमा जुटेको छ, जापानको राजधानी टोकियो तथा चिवालाई समेटेको कान्तो क्षेत्रीय समितीले सेप्टेम्वर ३० मा अधिवेशन गर्ने तयारी गरिरहेका बेला बिषेश कारणले मिती सारेर अक्टोवर ७ का दिन गर्ने भएको कान्तो सभापति यदुराम सापकोटाले जानकारी दिएका छन् यता टोकियो नजिकै रहेको साईतामा, ईवाराकी गुन्मा र तोचुगी केन समेटिएको किता कान्तो क्षेत्रीय समितीले पनि यहि सेप्टेम्वर २३ तारिख गुन्मा केनको ओईजुमीमा चुनाव गर्ने गरि तयारी गरिरेको छ, अधिवेशन तयारीकै लागी भनेर सेप्टेम्वर १६ मा तोचुगी केनमा रहेको ओयामामा क्षेत्रीय समितीको बिषेश बैठक बस्ने निर्णय पनि भएको छ भन्दै किता कान्तो सभापति दयाराम खरेलले जानकारी दिएका छन् ।
यसैगरि जापानको अर्को ठुलो शहर नागोया तथा आसपासका केनहरुलाई समेटिएको तोकाई हिकुरिकु (नागोया) क्षेत्रले पनि यहि सेम्टेम्वर २३ मा अधिवेशन गर्ने निर्णय गरि तयारीमा जुटेको छ, अन्य क्षेत्रमा पनि मिती तय भईनसकेपनि अधिवेशन गर्ने आन्तरिक तयारीमा जुटिरहेका छन् बाँकी क्षेत्रलाई पनि यहि सेप्टेम्बर महिना भित्र सक्ने गरि केन्द्रीय समितिले निर्देशन दिईसकेको महामन्त्री रामजंग कार्कीले जानकारी दिनुभएको छ।
नेपाली जनसम्पर्क समिति जापानमा आवद्ध हुन चाहनुहुने जापानवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले तोकिएको शुल्क भुक्तान गरि साधारण सदस्य बन्न र क्रियाशील सदस्य,केन्द्रीय पदाधिकारी,सदस्य(केन्द्रीय,क्षेत्रीय समिति),सल्लाहकारहरूको हकमा पनि तोकिएको शुल्क भुक्तान गरि सदस्यता नविकरण गरि मतदाता सुचिमा आफ्नो नाम दर्ता गर्न गराउन हुन पनि केन्द्रिय समितीले सवैमा हार्दिक अनुरोध गरेको छ ।
नेपाली काँग्रेस पार्टी प्रति आस्थावान् सम्पूर्ण जापानवासी नेपाली दाजुभाई दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका निम्ति पनि सवैमा अनुरोध गरिएको छ ।
प्रकाशित मिति :भाद्र २९, २०७५ शुक्रवार -
२२:५४:४२ बजे