Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

हिन्दु र बौद्ध धर्मको प्रबर्धनबाट नेपाल सम्पन्न बन्न सक्छ -मन्त्री प्रदिप ज्ञवाली

हिन्दु र बौद्ध धर्मको प्रबर्धनबाट नेपाल सम्पन्न बन्न सक्छ -मन्त्री प्रदिप ज्ञवाली

सतीश चापागाईं

३०, भाद्र २०७५
images
देबेन्द्र केसी नयाँ दिल्ली / भारत परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले हिन्दु धर्मसँग नेपाल जोडिएकोले हिन्दु धर्म मार्फत पनि राष्ट्र प्रगति सम्भव भएको बताउनु भएको छ।   हरितालिका तिजको अवसर पारेर भुर्तुङ्ग (गुल्मी )-काठमाण्डौ सम्पर्क समाजले आयोजना गरेको 'दर खाने, एसईई सम्मान तथा महायज्ञ उपसमिति गठन' कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा बताउनु भएको हो ।   'मुस्लिम धर्मको प्रबर्धनबाट साउदी अरव सम्पन्न भए झै हिन्दु र बौद्ध धर्मको प्रबर्धनबाट नेपाल पनि सम्पन्न बन्न सक्छ र सोहि कडीमा रहेर समाजले गरेको समाजसेवामुलक काम र छापचौर स्थित दुर्गा भवन माध्यामिक बिधालयले आयोजना गर्न लागिरहेको 'महायज्ञ'प्राबिधिक शिक्षाको छेत्रमा कोशेढुङ्गा साबित हुनेछ ' मन्त्री ज्ञवालीले भन्नुभयो।   कार्यक्रममा बोल्दै समिति अध्यक्ष दिपक शर्मा (ढकाल)ले जन्मभुमीबाट टाढा भएपनि सदैव जन्मभुमी लाई नै मनमस्तिस्कमा लिएर कार्य गरेको र गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो। कार्यक्रममा कालीगण्डकी गाँउपालिका वडा नं सातका प्रमुख लोक प्रताप शाह, दुर्गाभवन माबिका प्राचार्य पुन्यप्रसाद गौतमले बोल्दै प्राबिधिक बिधालय निर्माणार्थ यहि असोज ९ देखि सुरु हुन लागिरहेको महायज्ञको सफलताको लागि काठमाण्डौबासी भुर्तुङ्गेलीहरुको सहयोग अत्यावस्यक रहेको बताउनुभयो।   कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता गोकर्ण पौडेल, समाजका संस्थापक सल्लाहकार नन्दा ज्ञवाली लगाएत ले बोल्दै काठमाण्डौमा रहेर समाजले गरेको कार्यको मुक्तकंठले प्रसंसा गर्दै 'महायज्ञ'लाई घनिभुत बनाउन सबै एक भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा 'महायज्ञ'को सफलता र सहभागिताको लागि दिपक शर्मा (ढकाल)को संयोजकत्वमा शुरेस पौडेल, चिरन्जिवी ढकाल, कमल आचार्य, जमुना गौतम, दल बहादुर थापा, दुर्गा पौडेल, तिलक गुरुङ्ग, शुरेस ढकाल आनन्द गौतम, शिशिर गौतम , चोमबिक्रम शाह , लोक बहादुर क्षेत्री सदस्य र गोकर्ण पौडेल, नन्दा ज्ञवाली, डा श्रीधर गौतम, सारदा कुँवर , घनश्याम थापा मगर, अर्जुन हमाल, गोबिन्द गौतम, करुणा पौडेल, पुर्णभद्र पौडेल, सारदा पौडेल (काफ्ले), पुष्पनिधि गौतम, भवन शाह, जिवन गौतम, चक्रपाणी आचार्य, बाबुराम पौडेल, शिबजी गौतम, डा चिन्तामणी गौतम र बिष्णु आचार्य सल्लाहकार रहेको महायज्ञ उपसमिति बनाएको छ।   अधिकाँस तिज गित र नाचगान रहेको कार्यक्रममा महिलाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो। बत्तिसपुतली , काठमाण्डौस्थित अनुपम फुडल्याण्डमा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष सुरेश पौडेल,कोषाध्यक्ष चिरन्जिवी ढकाल, सहसचिव जमुना गौतम सदस्यहरु शिसिर गौतम, दल बहादुर थापा पुर्व सचिव आनन्द गौतम लगाएत ले कार्यक्रम ब्यवस्थापन गर्नुभएको थियो।गुल्मीको भुर्तुङ्गबाट काठमाण्डौमा बिभिद क्षेत्रमा कार्यरत तथा अध्यनरत भुर्तुङ्गेलीहरुको यो छाता संस्थाले स्थापनाकालदेखि नै समाजसेवामुलक र प्रोत्साहनमुलक कार्य गर्दै आईरहेको छ ।   सोहि कडी अनुरुप एसईईमा उत्कृष्ठ नम्बर ल्याउने बिधार्थीहरुलाई प्रमाणपत्र दिएर सम्मान गरेको छ । अवेरसम्म चलेको कार्यक्रमको अध्यक्षता समाज का अध्यक्ष दिपक शर्मा (ढकाल)र संञ्चालन समाजका सचिव कमल आचार्यले गर्नुभएको थियो।              

images
प्रकाशित मिति :भाद्र ३०, २०७५ शनिवार - ०९:५९:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend