Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कोरियामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको प्रथम अधिबेशन हुदै

कोरियामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको प्रथम अधिबेशन हुदै

सतीश चापागाईं

१, आश्विन २०७५
images
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कोरिया शाखाको पहिलो अधिबेशनको सम्पुर्ण तयारी पुरा ।   हाम्रो लोक दोहोरी हाम्रो शान प्रवासमा नेपालीहरूको छुट्टै पहिचान भन्ने मुल नाराका साथ नेपाली गीत संगीतको अग्रणी संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बिदेश शाखा दक्षिण कोरियाको एेतिहासिक पहिलो अधिबेशन २०१८ को सम्पूर्ण तयारी पुरा भएको छ।   आगामी सेप्टेम्बर २३ तारिख छुसकको पहिलो दिन हुन लागेको उक्त अधिबेशनमा कोरियामा रहेका सम्पूर्ण लोक तथा दोहोरीगीत संग सम्बन्धित साथै अन्य संघ संस्था, बुद्धिजीबि, ब्यापारी, बिधार्थी लगायत सम्पुर्ण नेपाली महानुभाबहरूलाई उपस्थित भई अधिबेशन भब्य एबंम सब्य रूपमा सफल बनाई दिनको लागी अधिबेशन आयोजक समितिका संयोजक जीतन भाई श्रीसले हार्दिक अनुरोध गरेका छन ।   लोक तथा दोहोरी गीतलाई ह्रदयदेखी नै माया गर्ने कोरियाबासी सम्पुर्ण नेपालीहरूलाई एकै ठाउमा समेटी राष्ट्रिय पहिचानलाई अभिब्यक्त गर्न लोक संस्कृतिको धरोहर नेपालमा सबै भन्दा अग्रणी संस्था लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई ब्यवस्थित गराउन, मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने साथै बिशुद्ध सामाजिक संस्थाको रूपमा संचालन गर्ने उद्देश्य राखी एक सांस्कृतिक कार्यक्रमको साथ कोरियामा गर्न लागेको एेतिहासिक पहिलो अधिबेशन सफल पार्नको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष, बिदेश बिभाग प्रमुख साथै बरिष्ठ सर्जक आदरणीय रमेश बि.जीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको हो |   उक्त अधिबेशनलाई अझै थप हौसला दिनको लागि प्रवासमा रहेर पनि राष्ट्रिय लोक संस्कृतिको उत्थानको लागी निरन्तर लागि रहनु हुने गायक संगितकार साथै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाका बरिष्ठ सल्लाहाकार आदरणीय रामकृष्ण बम मल्लको उपस्थितिमा कोरियाको सउल स्थित रेल लाईन नं ५ यउईदो स्टेशन गेट नं ३ दुर्गा रेष्टुरेण्टको दोस्रो तल्लामा रहेको सभा हलमा भब्य रूपमा कार्यक्रम हुने भएको छ ।   पहिलो अधिबेशनलाई सफल बनाउनको लागि अहोरात खटी रहनु हुने तपाईहरू साथै आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गरी रहनु हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिदै आउदा दिनहरूमा अझै थप सहयोग र हौसला दिनु हुनेछ भन्ने आयोजकले आशा ब्यक्त गरेको छ । लेकबेशी डटकमबाट

images
प्रकाशित मिति :आश्विन १, २०७५ सोमवार - १४:५९:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend