Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

चैते दशैमा झुम्यो बेल्जियम

चैते दशैमा झुम्यो बेल्जियम

नेप्लिज डायस्पोरा

३०, जेठ २०७५
images
असभ्यता माथि सभ्यताको विजय तथा अध्यारो हेमन्तको समाप्ति पछि बसन्त वा उज्यालो खुशीको रुपमा लिइने चैते दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षको अन्त्य चैतमा मनाइने गरिन्छ। सोहि क्रमलाई सार्थकता दिंदै बाग्लुङ्ग कालिका शक्तिपीठको मेलाको सम्झना स्वरुप बेल्जियमको शैक्षिक केन्द्र ल्युभेनमा समेत चैते दशै भब्य रुपमा मनाइएको छ । सो अवसरमा बाग्लुङ्ग समाज बेल्जियमको आयोजनामा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको थियो। बेनेलक्सका राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्य र एनआरएन ए बेल्जियमका अध्यक्ष लोक दाहालको बिशेष आतिथ्यतामा सम्पन्न चैते दशैँ मनाउने कार्यक्रममा एनआरएनए ग्लोबल सचिब जानकी गुरुङ,केन्द्रिय अनरी पार्षद गोबिन्द सुबेदी,युरोप संयोजक शिब बरुवालको समेत सम्मानित आतिथ्यता रहेको देखिन्थ्यो । बेल्जियम र निदरल्याण्डबाट समेत विभिन्न संघसंस्था र स्वतन्त्र ब्याक्तित्वहरुले सो कार्यक्रमको आतिथ्यतासहित सांगीतिक मनोरंजन लिएका थिए। बाग्लुङ्ग समाजले निर्माण गरेको चैते दशैँ तयारि समितीका संयोजक तथा एनआरएनएका पुर्व महासचिब माधब सापकोटा र सोहि संस्थाका महासचिब तथा अनेसासका उपाध्यक्ष परमानन्द सापकोटाले संयुक्त रुपमा संचालित कार्यक्रमको सभापतित्व सोहि समाजका अध्यक्ष गङ्गा शर्माले गरेका थिए।

images
प्रकाशित मिति :जेठ ३०, २०७५ बुधवार - १२:१७:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend