Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विदेशमा कार्यरत नेपालीले दूतावासबाटै श्रम स्वीकृति लिन पाउने

विदेशमा कार्यरत नेपालीले दूतावासबाटै श्रम स्वीकृति लिन पाउने

सतीश चापागाईं

२, आश्विन २०७५
images
  काठमाडौं – अबदेखि घरेलु कामदारसहित नेपाली कामदारले विदेशस्थित नेपाली दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन पाउने भएका छन् ।   वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् ।   सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र कमाइ गरिरहेका थुप्रै घरेलु कामदार स्वदेश फर्कन पाएका थिएनन् ।   नेपाल फर्किएपछि श्रम स्वीकृति नहुने भएकाले धेरै घरेलु कामदार भिसा अवधिभन्दा धेरै समय विदेशमा बस्न बाध्य थिए । अब विदेशबाटै श्रम स्वीकृति हुने भएपछि घरेलु कामदार सहित सबै कामदार श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने झण्झटबाट मुक्त हुनेछन् ।   दुई पटकभन्दा बढी श्रम स्वीकृति लिन पाउने व्यवस्था हुँदा कामदार नेपाल नफर्किने अवस्थालाई ध्यान दिंदै यो व्यवस्था ल्याइएको स्रोतले जनाएको छ ।   श्रम स्वीकृतिको लागि नेपाली कामदारले सास्ती खेप्दै आएकाले श्रम मन्त्री गोकर्ण विष्टको पहलमा नयाँ व्यवस्था गर्न लागिएको हो । यो समाचार उज्यालो अनलाइनका लागि सन्जिता देवकोटाले लेखेकी हुन् ।

images
प्रकाशित मिति :आश्विन २, २०७५ मंगलवार - १८:२३:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend