Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

काठमाडौं महानगरपालिकाका तथा अमेरिकाको फ्रेडरिक्सवर्गबीच भगिनी सम्बन्ध स्थापित

काठमाडौं महानगरपालिकाका तथा अमेरिकाको फ्रेडरिक्सवर्गबीच भगिनी सम्बन्ध स्थापित

सतीश चापागाईं

३, आश्विन २०७५
images
  डिसी, अमेरिका काठमाडौं महानगरपालिकाका तथा अमेरिकाको भर्जिनिया राज्यकोफ्रेडरिक्सवर्ग नगरबीच भगिनी सम्बन्ध स्थापना कार्यक्रम एक बिशेष समारोहका बीच सम्पन्न भएको छ ।   २०१७ को अक्टोबरमा काठमाडौँमा भएको भगिनी सम्बन्धको घोषणा भएको थियो भने उक्त घोषणा पत्र फ्रेडरिक्सबर्ग नगरको सभा गृहमा औपचारिक साथ वाचन गरेर सुनाइयो ।   सो समारोहमा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बिद्या सुन्दर शाक्य र वहाको टोलि तथा फ्रेडरिक्सबर्ग नगरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो समारोहमा काठमाडौँमा सम्पन्न भगिनी सम्बन्धको हस्ताक्षर समारोहको श्रब्य दृश्य समेत देखाइएको थियो । सो अवसरमा दुवै नगर प्रमुखहरुले सम्बोधन गरेका थिए ।   सो अवसरमा नेपाली लोक गायक प्रेम राजा महतले नेपाली राष्ट्रिय गीत तथा लोक गीत गाउनु भएको थियो भने अमेरिकी गायिका लुरी रोज गृफित तथा गायक पिटर मिले ले अंग्रेजी गीत प्रस्तुत गरेका थिए ।   सो समारोहमा फ्रेडरिक्सबर्गका नेपालीहरु तथा साहित्यकार गोबिन्द गिरि प्रेरणाको समेतको उपस्थिति रहेको थियो । फ्रेडरिक्सबर्ग शहरका सडकका किनाराहरुमा अमेरिकाका राष्ट्रिय झन्डा नेपालको राष्ट्रिय झन्डा तथा फ्रेडरिक्सबर्ग नगरको झन्डा फरफराएको दृश्य मनमोहक देखिन्थ्यो ।   फ्रेडरिक्सवर्ग नगरका नगर प्रमुख मेरी क्याथरिन ग्रीन दोश्रो पटक निर्वाचित भएकी हुन् । गत बर्ष भर्जिनियाको फ्रेडरिक्सबर्ग नगरका नगर प्रमुख ग्रीनको नेतृत्वमा १० सदस्यीय टोलि नेपाल पुगेको थियो भने काठमांडू महानगरपालिकाको ९ सदस्यीय टोलि अमेरिका आएको छ । ईनेप्लिजबाट

images
प्रकाशित मिति :आश्विन ३, २०७५ बुधवार - २०:३०:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend