Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मलेसियामा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन श्रम मन्त्रीको निर्देशन

मलेसियामा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन श्रम मन्त्रीको निर्देशन

सतीश चापागाईं

३, आश्विन २०७५
images
  काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियामा ज्यान गुमाएका नेपालीको शव जतिसक्दो छिटो स्वदेश ल्याउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।     यस्तै बिरामी भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न पनि त्यहाँको नेपाली दूतावासलाई निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।   सचिवालयका अनुसार मन्त्री विष्टले मंगलबार रातीदेखि नै कुटनीतिक नियोगमार्फत त्यहाँको अवस्थारबो निरन्तर जानकारी लिइराख्नुभएको छ ।   नेपाली दुतावासले स्थानीय प्रशासनसँग शव व्यवस्थापन र बिरामीको उपचारका लागि समन्वय गर्ने काम भैरहेको जानकारी दिएको छ ।   पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ ।   मलेसियामा विषाक्त रक्सी सेवनका कारण ६ जना नेपालीको ज्यान गएको छ । बिरामी १६ जनामध्ये चारजना डिस्चार्ज भैसकेका छन् । १२ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

images
प्रकाशित मिति :आश्विन ३, २०७५ बुधवार - २०:४९:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend