Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेजा उत्कृष्ट ग्रामीण पत्रकारिता पुरस्कार कुम्भ राज राईलाई प्रदान

नेजा उत्कृष्ट ग्रामीण पत्रकारिता पुरस्कार कुम्भ राज राईलाई प्रदान

सतीश चापागाईं

४, आश्विन २०७५
images
  काठमाडौँ, ४ असोज / नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघको संयुक्त आयोजनामा आज नेजा उत्कृष्ट ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार कुम्भ राज राईलाई वितरण गरिएको छ।   प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्तले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ २२ पैसाको चेक पुरस्कृत पत्रकार राईलाई प्रदान गरेका थिए भने प्रमुख अतिथि महराले दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान गरेका थिए ।   कार्यक्रममा प्रमुख अतिथि महराले प्रेसलाई कुन्ठित हुन नदिने र मुलुकी ऐनमा भएका विवादास्पद बुदाहरुमा संशोधन प्रस्ताव आइसकेको हुँदा पत्रकार साथीहरूले निर्धक्कताका साथ राष्ट्र निर्माणमा आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।   सो अवसरमा नेजाका अध्यक्ष सुदिप पन्तले प्रवासमा बसे पनि नेजा जहिले पनि नेपालको पत्रकारहरूसँग नै जोडिएर रहेको बताउँदै दु:ख सुखमा नेजा जहिले पनि साथ र सहयोगको लागि तत्पर रहेको बताउँदै आगामी दिनहरूमा नेजा र महासंघबिच अझ प्रगाढ सम्बन्ध विकसित हुने खालका कार्यक्रमहरू गर्ने सम्बन्धमा महासंघका अध्यक्षसँग छलफल भएको बताउनुभयो । पुरस्कार प्राप्त गर्ने पत्रकार कुम्भ राज राईले आफू भन्दा पनि सक्षम पत्रकारहरू ग्रामीण क्षेत्रमा रहेर उल्लेखनीय काम गरिरहनुभएको छ यधपी आफूलाई पनि यस लायक सम्झेर हौसला प्रदान गर्नुभएकोमा छनौट समिति,नेजा र पत्रकार महासंघलाई हार्दिक धन्यवाद प्रदान गर्नुभयो । सो अवसरमा पत्रकार महासंघको पूर्व अध्यक्षद्वय हरिहर विरही र शिव गाउँलेले नेजा र पत्रकार महासंघ बिचको सम्बन्धको विषयमा प्रकाश पार्नुभएको थियो ।   कार्यक्रमको सभापतित्व गर्नुभएको पत्रकार महासंघको अध्यक्ष गोविन्द आचार्यले नेजासँगको सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ हुने बिचार राख्दै नेजाले नेपालका पत्रकारहरूलाई गरिरहेको सहयोग प्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनहरूमा महासंघ र नेजा मिलेर तालिमको व्यवस्थापन गर्ने विषयमा सल्लाह भएको जानकारी गराउनुभयो ।   कार्यक्रममा कार्यक्रम संचालक संस्थाको महासचिव रमेश विष्टले पुरस्कार छनौटका प्रक्रिया लगायतको विषयमा आफ्नो धारणा राख्नुभएको थियो । फोटो र समाचार: दुरबिननेपाल डटकमबाट ।

images
प्रकाशित मिति :आश्विन ४, २०७५ बिहिवार - १८:२९:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend