Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जनसम्पर्क समिती जापान किता कान्तोको अध्यक्षमा बिश्वबन्धु भण्डारी निर्बिरोध

जनसम्पर्क समिती जापान किता कान्तोको अध्यक्षमा बिश्वबन्धु भण्डारी निर्बिरोध

सतीश चापागाईं

८, आश्विन २०७५
images
नेपाली जनसम्पर्क समिती जापानको अधिवेशन नजिकिएसगै क्षेत्रीय समितीको अधिवेशन माहोल चलिरहेको बेला किता कान्तो क्षेत्रीय समितीको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।   यहि अक्टोवर २३ तारिख गुन्मा केनको ओईजुमी माचीमा रहेको एसियन रेष्टुरेन्ट कस्तुरीमा किता कान्तो अन्तर्गत पर्ने साईतामा, गुन्मा,ईवाराकी र तोचुगी केन अन्तर्गत रहेका नेपाली कांग्रेस प्रति आस्थावान क्रियाशील सदस्य तथा साधारण सदस्यहरुको उत्साहजनक सहभागीतामा बिश्वबन्धु भण्डारीको नेतृत्वमा सर्वसहमतीमा नयाँ कार्यसमिति चयन भएको छ । उपसभापतिहरुमा क्रमश: खिमलाल कंडेल,भुवन सापकोटा,प्रकाश योगी, सचिवमा अर्जुन सुवेदी, सहसचिव कमल खरेल कोषाध्यक्ष महेन्द्र थापा, सहकोषाध्यक्ष उजिर कार्की तथा सदस्यहरुमा गोमा कुमारी दनै, र अनिरुद्र धमला(राजु) सर्वसहमतिमा चयन हुनुभएको छ ।   किता कान्तो क्षेत्रीय समितीका सभापति दयाराम खरेलको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथीको रुपमा नेपाली जनसम्पर्क समिती जापानका निवर्तमान सभापति डिपी कडेल,अतिथीहरु महाधिवेशन प्रतिनिधी तथा बर्तमान केन्द्रिय उपसभापति राजेन्द्र जमरकट्टेल, महाधिवेशन प्रतिनिधी सुवास प्रसाद लोहोनी,केन्द्रीय उपसभापतिहरु बिष्णु अर्याल, पिताम्बर चापागाई, पुष्करजंग थापा, नवराज थापा, केन्द्रीय महामन्त्री रामजंग कार्की, केन्द्रीय प्रतिनिधी तथा केन्द्रीय सदस्य बिपीन घिमीरे, कान्तो क्षेत्रीय सभापति यदुराम सापकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।   शुभकामना मन्तव्य सकिएसगँ निर्वाचन समितीका संयोजक राजेश खनाल सदस्य द्वय भुषण कोईराला र जीवन आचार्यले निर्वाचन समितीमा आवश्यक पद संख्याभन्दा धेरै जनाको उमेमेदवार दर्ता नभएकोले सवैजना निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । निर्विरोध चयन हुनुभएका नयाँ कार्यसमिताका पदाधिकारीहरुलाई केन्द्रीय प्रतिनिधी तथा केन्द्रीय उपसभापति नवराज थापाले सपथ खुवाउनुभएको थियो ।  

images
प्रकाशित मिति :आश्विन ८, २०७५ सोमवार - १०:११:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend