Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

लाेकदाेहाेरी गीत ‘एकदशी मेला’ बजारमा

लाेकदाेहाेरी गीत ‘एकदशी मेला’ बजारमा

नेप्लिज डायस्पोरा

१५, आषाढ २०७५
images
काठमाडाैं, असार ३ । लाेकदाेहाेरी गायक हेमन्त आचार्य क्षेत्री र भावना जिसी क्षेत्रीको आवाजमा रहेकाे लाेकदाेहाेरी गीत ‘एकदशी मेला’ बजारमा अाएकाे छ । श्रीकृष्ण क्षेत्रीकाे शब्द तथा लयमा रहेकाे उक्त गीतमा धिरज रानाभाट र कल्पना रानाभाटकाे अभिनय रहेकाे छ । धिताल फिल्मस् प्रालिकाे प्रस्तुतीमा बजारमा अाएकाे गीतमा हाेम धितालकाे निर्देशन रहेकाे छ । गीतमा प्रेममा रहेका दुइप्रेमीले एकअर्कालाइ भेट्न बाेलाएकाे र भेटमा माया साटासाट गर्ने भावलाइ समेटिएकाे छ । अाफ्नाे सुमधुर आवाजले सबै श्राेताकाे मन जित्न सफल गायिका भावनाकाे आवाजमा रहेकाे यो दशौँ गीत हाे । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

images
प्रकाशित मिति :आषाढ १५, २०७५ शुक्रवार - २१:१०:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend