Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

तीज गीत माईतीको आँगन बजारमा

तीज गीत माईतीको आँगन बजारमा

नेप्लिज डायस्पोरा

१५, आषाढ २०७५
images
लोक गायिका सिर्जना थापा खनालको तीज गीत 'माईतीको आँगन' भिडियो सहित बजारमा आएको छ । तीजका गीतहरु बजारमा आउने क्रम शुरु भएसंगै गायिका सिर्जनाले आफ्नो गीत सार्बजनिक गरेकी हुन् । गायिका थापा खनालले आफुले पहिलो पटक तीजको गीतको एल्बममा गाएको बताएकी छिन । उनले यसअघि नै अरु दुई लोक गीतहरु बजारमा ल्याएकी थिइन् । गीत सुनेर रचनात्मक प्रतिक्रिया दिन अनुरोध गर्दै गायिका थापा खनालले यो गीतलाई फेसबुकमार्फत सार्बजनिक गरेकी छिन । गीतको लय, शब्द र स्वर उनको आफ्नै हो । यो गीतलाई रिमा रेकर्डिंगमा रेकर्ड गरिएको हो भने म्युजिक नेपाल मार्फत बजारमा आएको हो । यो गीतलाई सत्यवती मिडिया फिल्मसले प्रस्तुत गरेको हो । गायिका स्वयंले भिडियोमा मोडेल भएर खेलेकी छिन । लोक साहित्य र लोक दोहोरीका क्षेत्रमा बिशेष दखल राख्ने सिर्जना बिगत पन्ध्र बर्षदेखि रेडियो र स्टेजमा लोक सांगीतिक कार्यक्रमको संचालन गर्दै आएकी छिन । उनी एक कुशल संचारकर्मी र समाचार वाचक हुन् ।

images
प्रकाशित मिति :आषाढ १५, २०७५ शुक्रवार - २१:१६:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend